काठमाडौँ । नेप्सेमा आज पनि गिरावट आएको छ । आज विहिबार नेप्से १६.२९ अंकले घटेर २६७२.५८ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३३७ कम्पनिका ७५ लाख ४८ हजार ५९१ कित्ता शेयर ३ अर्ब ३८ करोड १३ लाख १८ हजार २४८ मा कारोबार भएको थियो । आज सबै क्षेत्रका शेयर मुल्य घटेको छ ।
आज, सबैभन्दा बढी एभरेष्ट कलरको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सेन्ट्रल फाइनान्सको शेयर २.८८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी कालिन्चोक हाइड्रोको शेयर १४.९९ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिग मिल्सको २४ करोड ३८ लाख बराबरको कारोबार भएको छ भने कर्पोरेट विकास बैंकको १५ करोड ३३ लाख बराबरको कारोबार भएको छ ।

