सर्बदलीय बैठक शुरु

काठमाडौं । सुनसरीमा भएको घटनालगायत समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्बदलीय बैठक शुरु भएको छ ।

सिंहदरबारमा जारी बैठकमा रास्वपा सभापति लामिछानेसहित काँग्रेस सभापति गगन थापा, एमाले महासचिव शंकर पोखरेल, नेकपाका संयोजक प्रचण्डलगायतका नेताहरु सहभागी भएका छन् । 

बैठकमा सुनसरीको अत्यन्तै संवेदनशील र दुःखद घटनापछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन, सामाजिक सद्भाव, शान्ति र सुरक्षालाई कायम राख्ने विषयमा छलफल हुने बताइएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।