सुनसरीमा राजमार्ग क्षेत्रको कर्फ्यु हट्यो, यी क्षेत्रमा निषेधाज्ञा तथा कर्फ्यु यथावत

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै जारी गरिएको कर्फ्यु र निषेधाज्ञासम्बन्धी आदेशबारे सर्वसाधारणमा अन्योल देखिएकाले जिल्ला प्रशासन कार्यालय सुनसरीले स्पष्टिकरण दिएको छ ।

प्रशासनका अनुसार सोमबार साँझ राजमार्ग क्षेत्रमा लगाइएको कर्फ्यु आदेश मात्र हटाइएको हो । अन्य स्थानमा यसअघि जारी गरिएको निषेधाज्ञा र कर्फ्यु आदेश भने यथावत् कायम रहेको जनाएको छ ।

प्रशासनले मंगलबार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म हरिनगर गाउँपालिकाको सम्पूर्ण क्षेत्र र देवानगञ्ज गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा लागू रहने जनाएको छ ।

त्यस्तै, निम्न क्षेत्रहरूमा अर्को सूचना जारी नभएसम्म कर्फ्यु आदेश कायम रहने प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयले जारी आदेशको पूर्ण पालना गर्न तथा सुरक्षा निकायलाई सहयोग गर्न सबै सर्वसाधारणसँग आग्रह गरेको छ ।

निषेधाज्ञा तथा कर्फ्यु यथावत रहेका क्षेत्र

हरिनगर बजार क्षेत्र

पूर्व : नुनिया टोल

पश्चिम : पश्चिम खुनिया धार

उत्तर : हरिनगर गाउँपालिका कार्यालय

दक्षिण : वसन्तपुर मोड

भुटाहा बजार क्षेत्र

पूर्व : मोरिया धार खोला

पश्चिम : इदगाह फिल्ड

उत्तर : सुनसरी खोला

दक्षिण : हरिनगर गाउँपालिका कार्यालय

कप्तानगञ्ज बजार क्षेत्र

पूर्व : यादव टोल

पश्चिम : पाँचौँ सिमल माध्यमिक विद्यालय

उत्तर : कृष्ण माध्यमिक विद्यालय

दक्षिण : नेपाल–भारत सीमा क्षेत्र

घुस्की बजार क्षेत्र

पूर्व : कासमिया मदरसा

पश्चिम : प्रहरी चौकी घुस्की

उत्तर : ईशा हार्डवेयर

दक्षिण : हिलाल पब्लिक स्कुल

देवानगञ्ज बजार क्षेत्र

पूर्व : विराटनगर जाने सडकस्थित मुसहर टोल

पश्चिम : मोरिया खोला

उत्तर : चिउरा मिल

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।