काठमाडौँ । आज राष्ट्रिय सभा अन्तर्गतका तीन समितिको बैठक बस्दैछ ।
आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।
आज दिउसो साढे २ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा दक्षिणी सीमा क्षेत्रका नागरिकको शान्ति सुरक्षा सम्बन्धमा छलफलको कार्यसूची रहेको छ ।
त्यस्तै बिहान ११ बजेदेखि बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा समितिको आर्थिक बर्ष २०८३/०८४ को बार्षिक कार्ययोजना तयारीका सम्बन्धमा छलफलको कार्यसूची रहेको छ ।
त्यस्तै बिहान ११ बजेदेखि बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा अभिमुखीकरण कार्यक्रम बारे छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

