दिल्लीका १६ मेट्रो स्टेशन अर्को सूचना नभएसम्म बन्द

काठमाडौँ । भारतको राजधानी दिल्लीस्थित जन्तर मन्तरमा ककरोच जनता पार्टीको आव्हानमा जारी प्रदर्शनका कारण दिल्लीमा १६ वटा मेट्रो स्टेशन अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ।

दिल्ली मेट्रो रेल निगमले सुरक्षा कारणले ती स्टेशनहरू अस्थायी रूपमा बन्द गरिएको जनाएको हो ।

निगमका अनुसार लोक कल्याण मार्ग, राजीव चौक, पटेल चौक, रामकृष्ण आश्रम मार्ग, बाराखम्बा रोड, सर्वोच्च अदालत, सेवा तीर्थ, जनपथ, मण्डी हाउस, केन्द्रीय सचिवालय, आईटीओ, दिल्ली गेट, इन्द्रप्रस्थ, खान मार्केट, जोर बाग र शिवाजी स्टेडियम स्टेशन बन्द रहनेछन् ।

यद्यपि, राजीव चौक, मण्डी हाउस र केन्द्रीय सचिवालय स्टेशनमा यात्रुहरूले मेट्रो लाइन परिवर्तन (इन्टरचेन्ज) गर्ने सुविधा भने यथावत् उपलब्ध रहने दिल्ली मेट्रो रेल निगमले जनाएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।