रूपन्देहीमा रोहिणी खोलामा फसेका चार जनाको सकुशल उद्धार

रूपन्देही । रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० र १२ नम्बर वडाको सिमानामा रहेको रोहिणी खोलामा माछा मार्ने क्रममा बीच खोलामा फसेका चार जनाको सकुशल उद्धार गरिएको छ।

आइतबार तीन पुरुष र एक महिला खोलाको बीचमा फसेको सूचना प्राप्त भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त उद्धार टोली परिचालन गरिएको थियो।

प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको नेपाल प्रहरी तथा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको सशस्त्र प्रहरीको टोलीले बिहान ११ बजे चारै जनाको सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।