सरकारमाथि प्रश्न उठ्दा स्टन्टले छोप्ने शैली अब पुरानो भयो- सांसद गीता गुरुङ

काठमाडौं । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सरकारले आफूमाथि प्रश्न उठ्दा स्टण्टले छोप्ने शैली पुरानो भएको टिप्पणी गरेकी छन् ।  

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गुरुङले देशमा निरासा बढिरहेको बेला सरकारमाथि प्रश्न उठेपछि स्टण्टले छोपेर विषयान्तर गर्ने शैली अब पुरानो भइसकेको बताएकी हुन् । उनले भनिन्- ‘आशा विस्तारै निराशामा बदलिँदै छ । देशमा दिनदिनै घटेका घटनाले आशा निराशामा बदलिएको छ । प्रश्न उठ्दा स्टन्टले छोप्ने शैली अब पुरानो भएको छ ।’

सांसद गुरुङले प्रधानमन्त्रीमाथिको विश्वास एउटा व्यक्तिमाथिको विश्वास मात्र नभई युवा नेतृत्वमाथिको विश्वास भएको बताउदै प्रधानमन्त्री बालेन्द्र शाहले देखाएको आशा विस्तारै निरासामा परिणत हुन थालेको बताइन् । 

उनले प्रधानमन्त्री शाहलाई इतिहासमा सफल प्रधानमन्त्री बन्ने बाटो रोज्न सुझाव दिदै गन्तव्यमा पुग्न दिशा ठिक हुनुपर्ने बताइन् ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।