कतारका पूर्व अमिरको निधनमा आज राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ । कतारका पूर्व अमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति शोक व्यक्त गर्दै नेपाल सरकारले आज देशभर राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ।

गृह मन्त्रालयका अनुसार नेपालसँग कूटनीतिक सम्बन्ध रहेको मित्रराष्ट्र कतारका पूर्व अमिरको गत असार २८ गते (१२ जुलाई २०२६) दोहामा निधन भएको थियो । उनको सम्मानमा आज असार ३० गते नेपालभरका सबै सरकारी कार्यालय तथा कतारको दोहास्थित नेपाली राजदूतावासमा राष्ट्रिय झण्डा आधा झुकाइने निर्णय गरिएको हो ।

गृह मन्त्रालयले उक्त निर्णय कार्यान्वयन गर्न सम्बन्धित सबै निकायलाई जानकारी गराएको छ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।