अझै सकिएन ध्रुवे हात्तीलाई डार्ट गर्न

चितवन, २६ असारः ध्रुवे हात्तीलाई नियन्त्रणमा लिएर दाह्रा काट्ने तयारी गरिएको भए पनि हालसम्म डार्ट गर्न सकिएको छैन । डार्ट भनेको जङ्गली जनावरलाई नियन्त्रणमा लिन वा उपचार गर्न प्रयोग गरिने प्रविधि हो ।

ध्रुवे हात्ती चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा आतङ्क मच्चाउने एउटा जङ्गली हात्ती हो । जसले हालसम्म २५ जनाको ज्यान लिइसकेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जाले बताउनुभयो ।

गत शनिबार भरतपुर महानगरपालिक–२३ मा २१ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेलाई धु्रवे हात्तीले आक्रमण गरी मारेपछि निकुञ्जले हात्तीलाई डार्ट गर्न लाग्दा हालसम्म ध्रुवे नभेट्टिएको हो । हात्ती डार्ट गर्न निकुञ्जले २५ अनुभवी जनशक्ति परिचालन गरेको छ ।

विसं २०७४ मा नेपाली सेनाका सेनानी (मेजर)लाई आक्रमण गरी मारेपछि ध्रुवेले नौ वर्षपछि यी दुई आमाछोराको ज्यान लिएको हो ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।