काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने ९० जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश प्रदेशमा ६ जनाको मृत्यु भएको छ भने कोशी र लुम्बिनी प्रदेशमा २-२ जना र बागमती प्रदेशमा एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा ९० जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ४२ जना घाइते भएका छन् भने काठमाडौँमा १२ जना घाइते भएका छन् । त्यस्तै कोशीमा २१ जना घाइते भएका छन् । त्यस्तै लुम्बिनीमा ९ जना, बागमतीमा २ र कर्णालीमा २ घाइते भएका छन् भने सुदूरपश्चिममा २ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

