जुम्लाका आठवटै स्थानीय तहले ल्याए बजेट

जुम्ला, ११ असारः जुम्लाका आठवटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । जिल्लामा रहेका एक नगरपालिकासहित सात गाउँपालिकाले बुधबार एकैसाथ बजेट सर्वजनिक गरेका हुन् ।

यहाँको चन्दनाथ नगरपालिकाले रु ५९ करोड ४६ लाख ७१ हजार बजेट सार्वजनिक गरेको छ । तातोपानी गाउँपालिकाले रु ५४ करोड २८ लाख आठ हजार, पातारासी गाउँपालिकाले रु ४५ करोड ४६ लाख छ हजार र तिला गाउँपालिकाले रु ५० करोड ५१ लाख ७१ हजार बजेट ल्याएका छन् ।

यसैगरी, हिमा गाउँपालिकाले रु ४३ करोड ७९ लाख ६६ हजार, सिँजा गाउँपालिकाले रु ४५ करोड ४८ लाख १८ हजार र कनकासुन्दरी गाउँपालिकाले रु ४५ करोड १२ लाख ७७ हजार बजेट ल्याएका छन् । गुठीचौर गाउँपालिकाले असार ९ गते रु ३८ करोड ३६ लाख ८३ हजार बजेटसहित नीति तथा कार्यक्रम ल्याएको थियो ।

तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले प्रस्तुत गर्नुभएको बजेटमा संस्थागत सुदृढीकरण र सुशासन, दिगो पूर्वाधार तथा सहरी विकास, कला, संस्कृति, सम्पदा संरक्षण र संवद्र्धन, सुलभ आधारभूत स्वास्थ्य सेवा तथा नगरवासीको जीवन रक्षा, रोजगारमूलक एवं स्तरीय आधारभूत शिक्षालाई प्राथमिकता दिइएको जानकारी दिनुभयो ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।