रास्वपा महाधिवेसनमा ५ वटा प्रतिवेदन पेश हुदैँ

चितवन, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टीको आज देखी सुरू हुने बन्द सत्रमा ५ वटा प्रतिवेदन प्रस्तुत हुने भएको छ । 

जसअनुसार सभापति रवि लामिछानेले राजनीतिक प्रतिबेदन, महामन्त्रीद्दय कबिन्द्र बुर्लाकोटी र भुपदेश शाहले सांगठानिक प्रतिबेदन प्रस्तुत गरिनेछ ।

साथै, लेखा प्रतिवेदन कोषाध्यक्ष लिमा अधिकारी, निर्वाचन आयोगको प्रतिवेदन पार्टी निर्वाचन आयोगका प्रमुख भुवन केसी र अनुशासन आयोगको प्रतिवेदन आयोगका प्रमुख रमाकान्त रिमाल प्रस्तुत गर्ने कार्यपालिका रहेको महामन्त्री भुपदेव शाहले जानकारी दिए ।

गत असार ६ गते महाधिवेसनस्थल चितवनमा बसेको यस कार्यकालको अन्तिम केन्द्रिय समिति बैठकले ५ वटै प्रतिवेदन पारित गरेर महाधिवेसनमा प्रस्तुत गर्ने निर्णय लिईसकेको छ ।  

महाधिवेसनमा २५ सय प्रतिनिधि सहभागी हुदैँछन्, जसमध्ये २ सय जना बिभिन्न देशमा रहेका प्रवासी नेपालीको प्रतिनिधित्व हुनेछ । महाधिवेसनमा कम्तिमा ४ करोड खर्च लाग्ने अनुमान गरिएको छ ।
 

About the author

Jayanti Shiwakoti
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।