टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

सुरुङ्गा (झापा), ३ असारः झापाको गौरादहमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईका अनुसार गौरादह नगरपालिका–१ स्थित पाडाजुङ्गी–गौरीगन्ज भित्री सडकखण्डअन्तर्गत नवदुर्गा पेट्रोलपम्प अगाडि गए राति दुर्घटना भएको हो ।

डिपु चोकबाट पेट्रोलपम्पतर्फ गइरहेको प्रदेश१–०१–००१क ११८८ नम्बरको टिपरले साइकलयात्री गौरादह–४ निवासी ६१ वर्षीय प्रेमप्रसाद गुरागाईँलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका गुरागाईँलाई उपचारका लागि दमक अस्पताल पुर्याइए पनि चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए । दुर्घटनामा संलग्न टिपरचालक गौरादह नगरपालिका–१ निवासी ३५ वर्षीय उमेश ताजपुरियालाई प्रहरीले नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जनाएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।