स्काभेटरसहित अवैध उत्खननमा प्रयोग भएका १० टिपर नियन्त्रणमा

गोलबजार (सिरहा), २ असार : सिरहा जिल्ला प्रहरीले विभिन्न स्थानबाट नदीजन्य वस्तु अवैध रूपमा उत्खनन तथा ओसारपोसारमा प्रयोग भएका एउटा स्काभेटरसहित १० वटा टिपर नियन्त्रणमा लिएको छ ।

प्रहरीले सिरहा नगरपालिका–१३ गमहरियास्थित कमला नदीबाट एउटा स्काभेटर र टिपर नियन्त्रणमा लिएको छ भने गोलबजार नगरपालिका–३ गागनखोलनबाट आठवटा टिपर नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गोलबजार र इकाला प्रहरी कार्यालय गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले ग्राभेल लोड गरेको ना४ख ८३७३, ना८ख १५१९, ना३ख ३८११, ना६ख ६९८८, मप्र०१–००१क०५१४, बाप्र०३–००१क ०३३८, प्र२–०१–००१क०१९० र मप्र०३–००१क ३८९३ नम्बरको टिपर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका निमित्त सूचना अधिकारी नरेश लिम्बूले जानकारी दिनुभयो ।

नदीजन्य वस्तु अवैध उत्खनन भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी त्यस ठाउँमा पुगेपछि सबै टिपर चालक सवारीसाधन छाडेर भागेका प्रहरीले जनाएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।