सबैभन्दा पहिला गिरीबन्धुको फाइल खोल्न पदमा अर्यालको सरकारलाई चुनौती

काठमाडौँ । नेकपा एमालेकी नेतृ पदमा अर्यालले आफुहरुको नाम जोडिएका फाइल खोल्न सरकारलाई चुनौती दिएकी छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अर्यालले अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिनेक्रममा फाइल खोल्छु भन्दै धम्की दिएको आरोप लगाउदै अर्यालले आफुहरुको नाम जोडिएका फाइल खोल्न चुनौती दिएकी हुन् ।

उनले सबैभन्दा पहिला गिरिबन्धु चियाको फाइल खोल्न आग्रह गर्दै सत्य बाहिर ल्याउन आग्रह गरिन, साथै उनले फाइलको नाममा नधम्काउन चेतावनी दिदै अत्यधिक बहुमतको सरकारले सबै फाइल खोलेर सत्य तथ्य बाहिर ल्याउन सरकारलाई आग्रह गरेकी छन् ।

उनले प्रधानमन्त्रीको सीमा सम्बन्धि अभिव्यक्तिको विषयमा आफुहरुको विरोध कायम रहेको स्पष्ट गर्दै बजेट पार्टी गर्ने प्रक्रियाका लागि मात्र आफुहरुले विरोधको स्वरूप परिवर्तन गरेको बताएकी छन् ।

About the author

Jayanti Shiwakoti
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।