अमेरिका पुग्यो इरानी फुटबल टिम

काठमाडौँ । इरानको राष्ट्रिय फुटबल टोली विश्वकप खेल्नका लागि संयुक्त राज्य अमेरिका पुगेको छ ।

दुई देशबीच शान्ति सम्झौता घोषणा भइरहेको समयमै इरानी टोली लस एन्जलस पुगेको हो । इरानले मंगलबार बिहान  न्युजील्यान्डविरुद्ध आफ्नो पहिलो खेल खेल्नेछ । शान्ति सम्झौताले युद्ध बढ्ने आशंका केही कम गरे पनि टोलीसँग जोडिएका विवादहरू भने अझै अन्त्य भएका छैनन् ।

इरानका स्ट्राइकर मेहदी तारेमीले दुई देशबीचको तनावको असर टोलीको तयारीमा परेको बताएका छन् । उनका अनुसार तयारी प्रभावित भएको छ । भिसा सम्बन्धी समस्याका कारण इरानी टोलीले आफ्नो विश्वकप बेस क्याम्प अमेरिका नभई मेक्सिकोमा राख्न बाध्य भएको छ ।

त्यसैबीच लस एन्जलसमा मैदानमा उत्रिँदा त्यहाँ बसोबास गर्ने ठूलो संख्यामा इरानी मूलका मानिसहरूले विरोध प्रदर्शन गर्ने तयारी गरेको बताइएको छ ।

तर खेलाडीहरूले आफ्नो उद्देश्य राजनीति नभई फुटबलमार्फत इरानीहरूलाई एकताबद्ध गर्नु रहेको बताएका छन् ।

About the author

Jayanti Shiwakoti
By Jayanti Shiwakoti
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।