परराष्ट्रमन्त्रीद्वारा ‘चाइनिज एकेडेमी अफ साइन्स’को अवलोकन

काठमाडौँ, १ असारः चीनको चार दिने औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनालले ‘इन्स्टिच्युट अफ टिबेटियन प्लाटो रिसर्च, चाइनिज एकेडेमी अफ साइन्स’को अवलोकन गर्नुभएको छ ।

आज बिहान सो अनुसन्धान संस्थानको स्थलगत अवलोकन गर्नुभएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । अवलोकनका क्रममा उहाँले दुईदेश बीचमा अझ गहन सहकार्यको आवश्यकता रहेकामा जोड दिनुभएको थियो ।

उहाँ चीनका विदेश मामिलामन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य वाङ यीको निमन्त्रणामा आइतबार बिहान बेइजिङ पुग्नुभएको हो । मन्त्री खनाल भ्रमण सम्पन्न गरी यही असार ३ गते स्वदेश फर्किनुहुने कार्यक्रम छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।