किशोरीमाथि सामूहिक जबरजस्ती करणी गरेको आरोपमा धनगढीबाट तीन जना पक्राउ

कैलाली । धनगढी उपमहानगरपालिका–१६ मा १८ वर्षीया किशोरीमाथि सामूहिक जबरजस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही स्थानका २१ वर्षीय प्रदीप चन्द, १७ वर्षीय पारस ऐडी र १६ वर्षीय विशाल बुढा रहेका छन् ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कैलालीको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

About the author

Jayanti Shiwakoti
By Jayanti Shiwakoti
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।