सुदन गुरुङ भन्छन्- सफाइ पाउनेमा आशावादी छु

काठमाडौं । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुदन गुरुङले आफुले सफाई पाउनेमा विस्वस्त रहेको बताएका छन् ।

गोरखामा आयोजित पार्टीको पहिलो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै गुरुङले आफ्नो सम्पत्तिबारे उठेका प्रश्नहरूको छानबिन सहज बनाउन आफूले पदबाट राजीनामा दिएको बताउदै आफुले सफाई पाउने विश्वास वयक्त गरेका हुन् ।

उनले भने- ‘सार्वजनिक पदमा बसेर काम गर्दा उठेका प्रश्नहरूको सामना गर्नुपर्छ भन्ने सोचका साथ छानबिन समितिसमक्ष बयान दिएको हुँ । बयानका क्रममा केही प्रश्न निकै कडा थिए, तर मैले सबैको सहज र स्पष्ट जवाफ दिएको छु ।’

उनले सम्भावित रूपमा फेरि गृह मन्त्रालयको जिम्मेवारी पाउने आशा पनि व्यक्त गरेका थिए ।

About the author

Jayanti Shiwakoti
By Jayanti Shiwakoti
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।