परराष्ट्रमन्त्री खनाल भारत भ्रमण पुरा गरि स्वदेश फर्किदै

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले भारतको आफ्नो औपचारिक भ्रमण सम्पन्न गरेर नयाँ दिल्लीबाट नेपाल प्रस्थान गरेका छन् ।

भ्रमण सम्पन्न गरी स्वदेश फर्किने क्रममा उनलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत डा. सुरेन्द्र थापा तथा भारतको परराष्ट्र मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिदाइ गरेका थिए ।

यस भ्रमणलाई नेपाल–भारतबीचको लामो समयदेखिको साझेदारी तथा घनिष्ठ सम्बन्धलाई थप सुदृढ बनाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

शुक्रबार भारत भ्रमणमा दिल्ली पुहेका मन्त्री खनालले शनिबार विदेशमन्त्री एस जयशंकरसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । त्यस्तै उनले शुक्रबार भारतीय सुरक्षा सल्लाहकार अजित डोभालसँग समेत भेटवार्ता गरेका थिए ।

About the author

Jayanti Shiwakoti
By Jayanti Shiwakoti
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।