पाकिस्तानका गृहमन्त्री पुगे तेहरान

काठमाडौँ । पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वी अमेरिकाको तर्फबाट थप वार्ताका लागि इरानको राजधानी तेहरान पुगेका छन् ।

इरानी अर्धसरकारी तस्निम समाचार संस्थाका अनुसार भ्रमणका क्रममा नक्वीले इरानका विदेशमन्त्री अब्बास अराघ्चीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

यस्तै, इरानी विद्यार्थी समाचार संस्थाले पाकिस्तानका सेनाप्रमुख आसिम मुनिरले इरानका सर्वोच्च नेता आयातोल्लाह मोज्तबा खामेनेईलाई पठाएको पत्र नक्वीले साथमा ल्याएको जनाएको छ । गत मार्चमा सर्वोच्च नेताको जिम्मेवारी सम्हालेयता खामेनेई सार्वजनिक रूपमा निकै कम देखिएका छन् ।

अमेरिका–इरान युद्धपछि क्षेत्रीय तनाव बढिरहेका बेला पाकिस्तानले आफूलाई क्षेत्रीय मध्यस्थकर्ताको भूमिकामा प्रस्तुत गर्ने प्रयास गरिरहेको छ । यही सन्दर्भमा वार्ताको यो नयाँ चरण सुरु भएको बताइएको छ ।

About the author

Jayanti Shiwakoti
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।