प्रजनन स्वास्थ्य शिविरमा ३५० जनाको स्वास्थ्य परीक्षण

महोत्तरी, २२ जेठः आर्थिक अभावका कारण नियमित स्वास्थ परीक्षण गर्न असमर्थ महिलालाई लक्षित गरी मटिहानी नगरपालिकाले बुधबारदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

शिविरमा ३५० महिलाको स्वास्थ्य परीक्षण गर्नुका साथै २०० जनाको पाठेघरको मुखको क्यान्सर परीक्षणका लागि ‘स्वाब’ सङ्कलन गरिएको स्वास्थ्य शाखा पमुख पवनकुमार मण्डलले जानकारी दिनुभयो ।

विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीबाट महिलाले सेवा लिएका थिए । शिविरमा पाठेघर र स्तनक्यान्सर, आङ खस्ने समस्या तथा अब्स्ट्रेटिक फिस्टुलासम्बन्धी उपचार गरिएको थियो ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।