दश महिनामा एकतिस अर्ब एकतिस करोडका सवारीसाधन आयात

वीरगञ्ज (पर्सा), १७ जेठः चालु आर्थिक वर्षको प्रथम १० महिनामा रु ३१ अर्ब ३१ करोड मूल्यबराबरका सवारीसाधन तथा तिनका पार्टपुर्जा आयात भएका छन् ।

गत आवको सोही अवधिको तुलनामा चालु आवको यो अवधिमा रु नौ अर्ब ६५ करोडले आयात बढेको हो ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार सवारीसाधन र पार्टपुर्जाको आयात बढेसँगै चालु आवको १० महिनामा रु २० अर्ब ५२ अर्ब राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिमा रु १६ अर्ब ६४ करोड राजस्व सङ्कलन भएको थियो ।

चालु आवको १० महिनामा रु एक अर्ब २५ करोड बराबरका सवारीसाधनको आयातबाट रु तीन अर्ब १७ करोड राजस्व सङ्कलन भएको छ । यसैगरी, रु सात अर्ब ३२ करोड बराबरका मूल्य पर्ने ५१ हजार ४२३ वटा ‘अन एसेम्बल्ड’ मोटरसाइकल आयातबाट रु सात अर्ब नौ अर्ब राजस्व असुली भएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।