काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने १७१ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश प्रदेशमा ४ जनाको मृत्यु भएको छ भने लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा ३-३ जनाको मृत्यु भएको छ ।
त्यस्तै गण्डकी प्रदेशमा २ जनाको मृत्यु भएको छ भने बागमती प्रदेशमा एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा १७१ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ४४ जना घाइते भएका छन् भने कोशीमा २२ जना, काठमाडौँ उपत्यकामा १५ जना, सुदूरपश्चिममा ७ जना, बागमती प्रदेशमा ५ जना घाइते भएका छन् भने लुम्बिनीमा ३५ जना, कर्णालीमा ९ जना र गण्डकी प्रदेशमा ३४ जना घाइते भएका छन् ।

