प्रसूति जटिलतामा परेकी डोल्पाकी महिलाको हवाई उद्धार

प

काठमाडौं । प्रसूति जटिलताका कारण जोखिममा परेकी डोल्पाकी २३ वर्षीया महिलाको हवाई उद्धार गरिएको छ । उनलाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याइएको छ ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–९ निवासी ती महिलालाई मंसिर ९ गते नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरिएको हो ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलालाई आकस्मिक स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउने, जोखिमपूर्ण प्रसूति अवस्थाबाट जीवन रक्षा गर्ने र सुरक्षित मातृत्व सुनिश्चित गर्ने कार्यक्रमको उद्देश्य रहेको मन्त्रालयले जनाएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।