फागुन २१ को चुनावी धक्का अस्थायी हो- विद्या भण्डारी

फ

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गतेको निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी भएको बताएकी छन् ।

एमालेको राष्ट्रिय भेलाको दोस्रो दिनको बन्दसत्रलाई सम्बोधन गर्दै उनले निराश नभई नयाँ ऊर्जा, उत्साह र आत्मविश्वासका साथ अघि बढ्न कार्यकर्तालाई आग्रह गरेकी हुन् ।

एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण नगर्ने बताउँदै भण्डारीले हारबाट पाठ सिकेर कमजोरी सुधार्नुपर्ने बताइन् । आगामी स्थानीय तहलगायतका निर्वाचनलाई लक्षित गरी संगठन सुदृढीकरणमा लाग्न उनले कार्यकर्तालाई आह्वान गरिन् ।

उनले भनिन्-‘भण्डारीले एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण गर्दैन । निराश भएर निष्क्रिय बस्ने होइन, हारबाट सही पाठ सिक्दै र कमजोरी सच्याउँदै आगामी स्थानीय तहलगायतका निर्वाचनमा केन्द्रित हुनुपर्छ ।’  

भण्डारीले आफ्नो पार्टी राजनीतिमा पुनरागमन व्यक्तिगत पद, सुविधा वा अवसरका लागि नभई पार्टीको वैचारिक विकास, संगठनात्मक सुदृढीकरण र सामाजिक–आर्थिक रूपान्तरणमा योगदान पुर्‍याउन भएको स्पष्ट गरेकी छन् ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।