नेप्सेमा आजपनि दोहोरो अंकको गिरावट, ४ अर्ब १५ करोडको कारोबार

न

काठमाडौँ । नेप्सेमा आजपनि दोहोरो अंकको गिरावट आएको छ । आज बुधबार नेप्से ११.०५ अंकले घटेर २६२५.०५ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४७ कम्पनिका एक करोड १ लाख ६२ हजार ६०५ कित्ता शेयर ४ अर्ब १५ करोड ४९ लाख २५ हजार १०७ मा कारोबार भएको थियो । आज बैंकिंग र म्युचुअल फण्डबाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, सबैभन्दा बढी सानिमा लार्ज क्यापको शेयर ३.२६ प्रतिशतले बढेको छ भने कुमारी सबल योजनाको ३.१७ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी एभरेष्ट कलरको शेयर ८.६३ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिंग मिल्सको ३२ करोड २४  लाख बराबरको कारोबार भएको छ भने सेन्ट्रल फाइनान्सको १८ करोड ४० लाख बराबरको कारोबार भएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।