पोखराको पर्यटन प्रवर्द्धनबारे महानगर र कोइकाबीच छलफल

प

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) का नेपाल प्रमुख मुहेओन कोङ नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ ।

भेटमा पोखरामा आयोजना हुन लागेको दोस्रो संस्करणको आरयू फेस्टलाई सफल बनाउन आवश्यक समन्वय, सहकार्य तथा उक्त कार्यक्रमले पर्यटन प्रवर्द्धनमा पुर्‍याउन सक्ने योगदानबारे छलफल भएको थियो ।

त्यस क्रममा पोखराको पर्यटन प्रवर्द्धन, अन्तर्राष्ट्रिय सहकार्य तथा आगामी कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा पनि विचार आदानप्रदान भएको महानगरले जनाएको छ ।

भेटमा कोइकाका उपप्रमुख सुजिन यो, सहायक प्रमुख विकास रावल, कार्यक्रम व्यवस्थापक मिन्जु चोई, युवा प्रतिनिधि ह्युनजङ लिम, महाप्रबन्धक सृष्टि चित्रकार तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमकी कार्यक्रम व्यवस्थापक कल्पना सरकारलगायत सहभागी थिए ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।