नामिबियालाई पछि पार्दै ओमान क्रिकेट विश्वकपको ग्लोबल क्वालिफायरमा छनौट

न

काठमाडौँ । युएईसँग आइसीसी क्रिकेट विश्वकप लिग -२ को अन्तिम खेलमा ४२ रनले पराजित भए पनि ओमान सन् २०२७ को पुरुष क्रिकेट विश्वकपको ग्लोबल क्वालिफायर प्रतियोगितामा पुगेको छ ।

राम्रो नेट रनरेटका आधारमा ओमानले नामिबियालाई पछि पार्दै ग्लोबल क्वालिफायरमा स्थान सुरक्षित गरेको हो ।

विश्वकप लिग–२ का पछिल्ला सात खेल लगातार गुमाएको ओमान र नामिबियाले समान ३३ अंक जोड्दै प्रतियोगिता टुंग्याएका थिए । तर नेट रनरेट राम्रो भएका कारण ओमानले सिधै विश्वकप छनोटको ग्लोबल क्वालिफायर खेल्ने अवसर पाएको छ । यससँगै दक्षिण अफ्रिका र जिम्बाब्वेसँगै विश्वकपको सहआयोजक रहेको नामिबियाले छनोट प्लेअफ खेल्नुपर्ने भएको छ ।

ओमानसँगै अमेरिका, स्कटल्यान्ड र नेदरल्यान्ड्स विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा सिधै पुगेका छन् । नामिबियासहित क्यानडा, नेपाल र युएईले आठ टोली सहभागी हुने छनोट प्लेअफ खेल्नुपर्नेछ । नेपालमा आयोजना हुने उक्त प्लेअफबाट चार टोलीले १० टोली सहभागी हुने विश्वव्यापी छनोटको ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछन् ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।