आईएसआईएसका दोस्रो मुख्य नेता अबु–बिलाल अल–मिनुकी अफ्रिकामा मारिएको ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक स्टेट (आईएसआईएस) का विश्वव्यापी दोस्रो मुख्य कमान्डर अबु–बिलाल अल–मिनुकी अफ्रिकामा मारिएको जानकारी दिनुभएको छ । सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत वक्तव्य जारी गर्दै ट्रम्पले अमेरिकी र नाइजेरियाली सुरक्षा बलको संयुक्त कारबाहीमा अल–मिनुकी मारिएको दाबी गर्नुभएको हो ।

ट्रम्पकाअनुसार अल–मिनुकीले अफ्रिकामा लुक्न सकिने ठाने तापनि अमेरिकी गुप्तचर निकायहरूले उनको गतिविधिका बारेमा निरन्तर जानकारी प्राप्त गरिरहेका थिए । उहाँले अल–मिनुकीको अन्त्यसँगै आईएसआईएसको विश्वव्यापी सञ्जाल र परिचालन क्षमतामा ठूलो धक्का पुगेको समेत उल्लेख गर्नुभयो । 


यस सफल सैन्य कारबाहीका लागि राष्ट्रपति ट्रम्पले नाइजेरिया सरकारको साझेदारी र सहयोगप्रति आभार व्यक्त गर्नुभयो । यद्यपि, यस कारबाहीको आधिकारिक पुष्टि अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) वा नाइजेरियाली सरकारले गर्न बाँकी छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

About the author

Jayanti Shiwakoti

Add comment

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।