ओहायोको गभर्नरमा रामास्वामी पराजित

ओ

काठमाडौँ । अमेरिकी राज्य ओहायोको गभर्नर निर्वाचनमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार एमी एक्टनको जित निश्चित देखिएपछि रिपब्लिकन उम्मेदवार विवेक रामास्वामीले उनलाई बधाई दिएका छन् ।

आफ्नो पराजय स्वीकार गर्दै रामास्वामीले एक्टनको नेतृत्वमा ओहायो राज्यलाई एकताबद्ध बनाउन सबैले सहयोग गर्नुपर्ने बताएका छन् । उनले अब राज्यका सबै नागरिकले नयाँ नेतृत्वको सफलताका लागि साथ दिनुपर्ने उल्लेख गरे ।

उनले भने- ‘यो देशभरका रिपब्लिकनहरूका लागि कठिन रात रह्यो। ओहायोमा पनि हाम्रा लागि चुनौतीपूर्ण रह्यो । निर्वाचन अभियानका क्रममा दुवै पक्षबाट कहिलेकाहीँ तिक्ततापूर्ण अवस्था सिर्जना भयो ।’

रामास्वामीले भोलिदेखि सबैले एक्टनको प्रशासन सफल होस् भन्ने कामना गर्नुपर्ने बताउँदै निर्वाचनको परिणाम जे भए पनि ओहायोले ठूलो उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरे । उनले त्यसअघि नै एक्टनलाई फोन गरेर बधाई सन्देश दिएको पनि जानकारी दिए ।

निर्वाचनको अन्तिम समयमा रामास्वामीले सार्वजनिक गरेको एउटा राजनीतिक विज्ञापनले विवाद सिर्जना गरेको थियो । उक्त विज्ञापनमा एक्टनकी अलग्गिएर बसेकी आमाले उनलाई झुट बोलेको आरोप लगाएकी थिइन् । त्यसपछि एक्टनले व्यापक समर्थन पाएकी थिइन् भने रामास्वामीको आलोचना भएको थियो ।

एक्टनले करिब ५१ प्रतिशत मत प्राप्त गरेर जित हासिल गरेकी छन् भने रामास्वामी करिब ४६ प्रतिशत मत प्राप्त गरेका छन् । 

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।