गोकुल बाँस्कोटाको सरकारलाई सुझाव- आईजीपी होइन, तातोपानी नाका चलाऊ !

ग

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै बाँस्कोटाले व्यापार र मुख्यमन्त्रीको हैसियत मात्र खोजेर राष्ट्रिय अखण्डता र स्वाधीनतालाई बेवास्ता गर्न नहुने बताएका छन् ।

उनले राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि प्रश्न उठाउँदै प्रभाव र दासत्व फरक कुरा भएको टिप्पणी गरेका छन् । बाँस्कोटाले लेखेका छन्, ‘नव झोले र भेडा आई लाग्नै पर्दैन।केवल ब्यापार र मुख्य मन्त्रीको हैसियत चाहिएको हो । तर राष्ट्रिय अखण्डता र स्वाधिनता चहिएको छैन भने हाकाहाकी सिक्किम बन्छु भन । प्रभाव र दासत्व फरक हो । आईजीपी होईन, तातोपानी नाका चलाउ ।’

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।