काठमाडौं । श्रम संस्कृति पार्टीले प्रधानमन्त्री वालेन्द्र शाहले गएको जेठ १७ गते सीमाबारे संसदमा दिएको अभिव्यक्तिबारे प्रतिनिधि सभामा विरोध जारी राखेको छ ।
विहिबारको प्रतिनिधि सभाको बैठकमा श्रम संस्कृतिका सांसदहरुले बैठक शुरु हुना साथ उठेर विरोध गर्दै प्रधानमन्त्रीको जवाफ माग्ने मागलाई निरन्तरता दिएका हुन् ।
बैठकमा सभामुखले सांसद ध्रुबराज राईलाई समय दिएपनि उनले ‘सम्मानीय सभामुख महोदय, कुरा त्यहि हो हजुर’ भन्दै बसेपछि सभामुखसहित सांसदहरुले हासो रोक्न सकेका थिएनन् ।
पछिल्ला दिनहरुमा श्रम संस्कृति पार्टीले संसदमा प्रधानमन्त्री शाहको अभिव्यक्ति बारे जवाफ नआएको भन्दै विरोध गर्दै आएको छ ।

