काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा सहभागी हुन अमेरिका गएका मन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलका सदस्यसहित बुधबार बिहान स्वदेश फर्किएका हुन् ।
मन्त्री खनाल असोज ४ गते अमेरिका प्रस्थान गरेका थिए । राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा सहभागी हुदै मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत हुने विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाएका थिए ।
उनले महासभाका विभिन्न उच्चस्तरीय बैठक, सहायक कार्यक्रम तथा मन्त्रीस्तरीय छलफलमा सहभागिता जनाएका थिए । साथै, समकक्षी तथा विभिन्न देशका उच्च अधिकारीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।

