Category

राजनीति

र

नतिजा देखिनेगरी काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रालय र मातहतका सबै निकायमा जिम्मेवार, उत्तरदायी र नतिजामुखी कार्यसंस्कृति विकास गरी व्यापक प्रशासनिक सुधारका साथ चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न निर्देशन दिएका छन् । मन्त्रालयमा बुधबार आयोजित कर्मचारी बैठकमा उनले मन्त्रालयबाटै निर्णय हुन सक्ने फाइल एकै दिनमा टुङ्ग्याउने तथा अन्तरनिकाय समन्वय आवश्यक पर्ने...

दिल्लीका १६ मेट्रो स्टेशन अर्को सूचना नभएसम्म बन्द

काठमाडौँ । भारतको राजधानी दिल्लीस्थित जन्तर मन्तरमा ककरोच जनता पार्टीको आव्हानमा जारी प्रदर्शनका कारण दिल्लीमा १६ वटा मेट्रो स्टेशन अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ। दिल्ली मेट्रो रेल निगमले सुरक्षा कारणले ती स्टेशनहरू अस्थायी रूपमा बन्द गरिएको जनाएको हो । निगमका अनुसार लोक कल्याण मार्ग, राजीव चौक, पटेल चौक, रामकृष्ण आश्रम मार्ग, बाराखम्बा रोड, सर्वोच्च अदालत, सेवा तीर्थ, जनपथ, मण्डी...

हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार- प्रधानमन्त्री शाह

काठमाडौँ । नेपाल हस्तकला व्यवसायी महासंघका प्रतिनिधिहरुले नेपालमा हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफलका लागि उनीहरुलाई बोलाएका थिए । छलफलका क्रममा वर्तमान सरकारले हस्तकला व्यवसायलाई प्राथमिकता दिएको आफूहरुलाई महसुस भएको भन्दै सरकारसँग कुनै पनि किसिमको...

सर्वोच्चबाट पूर्णपाठ सार्वजनिक: सरकारी विज्ञापनमा विभेद नगर्न आदेश

काठमाडौँ । फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै सर्वाेच्च अदालतले सरकारी विज्ञापन नीजि मिडियालाई विभेद नगर्न नेपाल सरकारलाई आदेश दिएको छ । असार ३० मा भएको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै सर्वाेच्च अदालतका न्यायाधीशद्धय शारंगा सुुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले विज्ञापनमा विभेदको अन्त्य गरिदिएको हो । २०८२ चैत १८ को नीजि मिडियालाई सरकारी विज्ञापन नदिने निर्णय उत्प्रेषणको आदेशले समेत...

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । आज संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्तहरविरुद्ध आएका उजुरी वितरण गर्ने कार्यसूची रहेको समितिले जनाएको छ । समितिले यसअघि असार २५ गते प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की र आयुक्त डा. राजीव सुब्बा साथै गुरु वाग्लेविरुद्ध उजुरी १० दिनको समय दिएर उजुरी आव्हान गरेको थियो । असार १९ गते बसेको संबैधानिक परिषदको...

रास्वपाको बागलुङ जिल्ला अधिवेशन बदर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले बागलुङ जिल्ला अधिवेशनबाट गठन गरिएको जिल्ला कार्यसमिति बदर गर्दै पुनः अधिवेशन गराउने निर्णय गरेको छ । केन्द्रीय निर्वाचन आयोगले बागलुङ जिल्ला अधिवेशन सम्पन्न भएपछि अधिवेशन सञ्चालन प्रक्रियासम्बन्धी प्राप्त उजुरी, उपलब्ध तथ्य तथा प्रमाण र सम्बन्धित पक्षबाट प्राप्त स्पष्टीकरणको विस्तृत अध्ययनपछि अधिवेशन पार्टीको जिल्ला...

प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवाला व्यक्तित्वहरूसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा अपरान्ह १२ बजेदेखि हुने उक्त छलफलमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप...

आज राष्ट्रिय सभा अन्तर्गतका तीन समितिको बैठक बस्दै

काठमाडौँ । आज राष्ट्रिय सभा अन्तर्गतका तीन समितिको बैठक बस्दैछ । आज विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । दिउसो २: १५ बजेका लागि बोलाइएको विधायन व्यवस्थापन समितिको बैठकमा ऐन कार्यान्वयन मापन र विधायिकी अन्तरसम्बन्ध सम्बन्धमा छलफलको कार्यसूची रहेको छ । त्यसैगरी दिउसो १ बजेका लागि बोलाइएको सार्वजनिक नीति...

पार्टीका विभागसँग समन्वय गरेर संसदमा प्रभावकारी बन्न सांसदहरुलाई ओलीको निर्देशन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कानुन बनाउन आफ्नो संख्या नपुगे पनि सांसदहरुले बहस र संशोधनबाट सहि कानुन कस्तो हुन्छ भन्ने प्रकट हुनुपर्ने बताएका छन् ।  एमालेका सांसदहरुसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीले तय गरेको योजना र सिद्धान्तलाई सांसदहरुले बोकेर हिडेमा सानो भएपनि शक्ति निर्माण हुने बताउदै सानो संख्या भएपनि बहस र संशोधनबाट सहि कानुन कस्तो...

श्रीलङ्का भ्रमण सम्पन्न गरी प्रचण्ड स्वदेश फर्किए

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँचदिने श्रीलङ्का भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्किएका छन्। उनीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए । प्रचण्ड साउन १ गते (जुलाई १५) श्रीलङ्का पुगेका थिए। भ्रमणका क्रममा उनले इन्टरनेशनल पिपुल्स एसेम्बलीद्वारा आयोजित ‘ह्यान्ड्स अफ एसिया’...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।