Category

राजनीति

र

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य तोलाको ४३ सयले घटेर २ लाख ८४ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ८८ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १३५ रुपैयाँले घटेर तोलाको ४३१० मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको...

सुनसरी घटनाप्रति बाबुराम भट्टराईको आग्रह- सबै पक्षले उच्च विवेक र संयम अपनाऔं

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुनसरीको देवानगञ्जमा एक जनाको ज्यान जाने तथा सुरक्षाकर्मीसहित २२ जना गम्भीर घाइते हुने गरी भएको साम्प्रदायिक हिंसाको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले उक्त घटनालाई अत्यन्त गम्भीर र चिन्ताजनक भएको बताएका छन् । उनले वैज्ञानिक युग, बदलिँदो भूराजनीतिक परिस्थिति तथा नेपालमा सङ्घीय...

सुनसरीमा राजमार्ग क्षेत्रको कर्फ्यु हट्यो, यी क्षेत्रमा निषेधाज्ञा तथा कर्फ्यु यथावत

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै जारी गरिएको कर्फ्यु र निषेधाज्ञासम्बन्धी आदेशबारे सर्वसाधारणमा अन्योल देखिएकाले जिल्ला प्रशासन कार्यालय सुनसरीले स्पष्टिकरण दिएको छ । प्रशासनका अनुसार सोमबार साँझ राजमार्ग क्षेत्रमा लगाइएको कर्फ्यु आदेश मात्र हटाइएको हो । अन्य स्थानमा यसअघि जारी गरिएको निषेधाज्ञा र कर्फ्यु आदेश भने यथावत् कायम...

एमाले महासचिव पोखरेलको प्रश्न- यो दोहोरो मापदण्ड किन प्रधानमन्त्रीज्यू ?

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सुनसरीमा भएको गोलीकाण्डलाई लिएर प्रधानमन्त्रीमाथि दोहोरो मापदण्ड अपनाएको आरोप लगाएका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले काठमाडौँमा गोली चलेको घटनामा राजनीतिक नेतृत्वलाई दोषी देख्ने तर सुनसरीमा गोली चलेको घटनामा प्रहरी-प्रशासनलाई मात्रै दोषी देख्ने प्रवृत्तिप्रति प्रश्न उठाएका हुन् । उनले एकै प्रकृतिका घटनामा फरक–फरक...

कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि नयाँ समयसीमा तोक्यो

काठमाडौं । नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले क्रियाशील सदस्यता व्यवस्थापन सम्बन्धी विभिन्न निर्णय गरेको छ ।  पार्टीका महामन्त्री तथा समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले प्रतिनिधिसभा क्षेत्र र वडा तहमा नयाँ क्रियाशील सदस्यता आवेदन तथा अनलाइन प्रणालीमार्फत प्राप्त सदस्यता आवेदन अनुमोदन गर्ने अन्तिम मिति २०८३ साउन १४ गते सम्म कायम गरेको छ। वडा...

संसदीय सुनुवाइ संयुक्त समितिको बैठक बस्दै

काठमाडौँ । आज संसदीय सुनुवाइ संयुक्त समितिको बैठक बस्दैछ । बिहान ११: १५ बजेका लागि बोलाइएको समितिको बैठकमा निर्वाचन आयोगको निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि प्रस्तावित गुरू प्रसाद वाग्ले, ओखलढुङ्गा र डा. राजीब सुब्बा, काठमाडौँलाई समितिसमक्ष आमन्त्रण गरी सुनुवाई गर्ने कार्यसूची रहेको छ । समितिले यसअघि आयुक्तविरुद्ध उजुरी आव्हान गरिसकेको छ । असार १९ गते बसेको संबैधानिक परिषदको बैठकले प्रमुख...

सुनसरीको कप्तानगन्जमा सेना परिचालन

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा कर्फ्यु आदेश उल्लंघन भएपछि सेना परिचालन गरिएको छ । प्रशासनले सेना सडकमा गस्तीमा निस्किएपछि अवस्था नियन्त्रणमा आइरहेको बताएको छ । सुनसरी जिल्ला प्रशासन कार्यालयले बिहान ७ बजेदेखि जारी गरेको कर्फ्यु आदेश अवज्ञा गर्दै प्रदर्शन शुरु भएपछि सेनालाई सडकमा उतारिएको छ ।  कर्फ्युकै बीचमा ठुलो संख्यामा प्रदर्शनकारी सडकमा उत्रिएका थिए । कप्तानगन्ज चोकमा...

आज संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं । आज संघीय संसदका तीन समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ भने राष्ट्रिय सभाका विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । दिउसो २ बजे बस्ने प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को कार्यान्वयनको अवस्था बारे...

ओली-प्रचण्ड सहकार्यप्रति गोकुल बास्कोटाको कटाक्ष- यो अन्तिम भोज त होइन ?

काठमाडौँ । नेकपा (एमाले) का नेता गोकुलप्रसाद बास्कोटाले प्रदेश सरकारमा नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच भएको सहकार्यप्रति कटाक्ष गरेका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले सत्ता समीकरणका निर्णय केही सीमित नेताबीच मात्र हुने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । बास्कोटाले एमाले र माओवादी केन्द्रले सत्ता समीकरणमार्फत कांग्रेस नेता शेरबहादुर देउवालाई समेत...

सांसदहरुलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च रिट दर्ता

काठमाडौं । संघीय सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुई रिट निवेदन दर्ता भएका छन् । अधिवक्ता डा. प्रेमराज सिलवाल र मनिराम उपाध्यायले शुक्रबार सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदनहरू दर्ता गराएका हुन् । उनीहरुले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र प्रतिनिधिसभाका सभामुखलगायतलाई विपक्षी बनाएर...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।