काठमाडौँ । नेपाली कांग्रेस संस्थापनइतर पक्षले आयोजना गरेको तीनदिने राष्ट्रिय भेला सम्पन्न हुनेक्रमा आन्तरिक विवाद छताछुल्ल भएको छ । सम्मेलनको उद्घाटनमा सहभागी भएका नेता पूर्णबहादुर खड्का र शेखर कोइराला समापन समारोहमा भने उपस्थित भएनन् । दुवै नेता समापनमा नआएपछि कांग्रेसभित्र यसको कारणलाई लिएर चर्चा सुरु भएको छ । पूर्वमहामन्त्री शशांक कोइरालाको संयोजकत्मा भएको सम्मेलनको उद्घाटन समारोहमा खड्का र...









