Category

राजनीति

प्रतिनिधि सभाको बैठक दिउसो १ बजेका लागि सर्‍यो

काठमाडौं । प्रतिनिधिसभाको आज विहान ११ बजेका लागि तय भएको बैठक सारिएको छ । बुधबार बिहान ११ बजेका लागि तय गरिएको प्रतिनिधि सभाको बैठक बिशेष कारण सभामुख डोलप्रसाद (डीपी) अर्यालको निर्देशन अनुसार आजै दिउँसो १ बजे बस्ने गरी समय परिवर्तन गरिएको संसद सचिवालयका महासचिव पदमप्रसाद पाण्डेले जानकारी गराएका छन् । आजको बैठकमा विभिन्न आयोगका वार्षिक प्रतिवेदन पेस, विधेयकमाथि विचार तथा अन्तर्राष्ट्रिय श्रम...

उपसभामुख रुवी कुमारी चीन प्रस्थान

काठमाडौँ । प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारीको नेतृत्वमा पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डल अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी पाँचौँ चीन-सिजाङ ट्रान्स हिमालय मञ्चमा सहभागी हुन बुधबार बिहान चीन प्रस्थान गरेको छ । उपसभामुख रुवी कुमारी आज बिहान सिचुवान वायुसेवाको उडानमार्फत चीनको निङ्ची सहरतर्फ प्रस्थान गरेकी हुन् । प्रतिनिधिमण्डलमा सङ्घीय संसद् सचिवालयका सचिव डा. रोजनाथ पाण्डे, उपसचिव विमला घिमिरे...

कर्णालीमा कांग्रेसका चार मन्त्रीले दिए सामुहिक राजीनामा

सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार जना मन्त्रीले राजीनामा दिएका छन् ।  बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकमा कांग्रेसका तर्फबाट सहभागी चारै जना मन्त्रीले सामुहिक राजीनामा बुझाएका हुन् । प्रदेश सरकारमा सहभागी आर्थिक मामिला तथा योजनामन्त्री राजीवबिक्रम शाह, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा उर्जा मन्त्री बिजया बुढा र उद्योग, पर्यटन, वन तथा...

मनिष झाको आफ्नै सरकारलाई कटाक्ष- यस्तो बचपना देखाएर राजकाज चल्छ ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सञ्चार गृह तथा अन्य स्थानमा गाडी राखेर अवरोध सिर्जना गर्ने कार्यप्रति कडा आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले यस्तो कार्यमा संलग्न जोसुकै भए पनि उनीहरूमाथि निष्पक्ष अनुसन्धान गरी कानुनबमोजिम कारबाही गर्नुपर्ने बताएका छन् । झाले राज्यको दायित्व नागरिकको चिन्ता र समस्या समाधान गर्नु भएको उल्लेख गर्दै...

प्रतिनिधिसभा अन्तर्गतका तीन समितिको बैठक बस्दै

काठमाडौँ । आज प्रतिनिधिसभा अन्तर्गतका तीन समितिको बैठक बस्दैछ । आज अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ । आज बिहान साढे ८ बजे हुने अर्थ समितिको बैठकमा नेपाल धितोपत्र बोर्डसँग आव २०८२/८३ मा भए गरेका मुख्य-मुख्य कामकारबाही, धितोपत्र बजारको नियमन एवं विकासका लागि भएका प्रयासहरू र उपलब्धिहरू लगानीकर्ताहरूको...

रास्वपा सांसद परियारले भने- सत्यसँग डराउनेहरूले प्रेसलाई तर्साउने प्रयास गरे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले सत्यसँग डराउनेहरूले प्रेस जगतलाई तर्साउने प्रयास गरेको बताएका छन् ।  मंगलबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै सांसद परियारले सोमबार देशका सञ्चार माध्यमका गेटमा गाडी पार्किङ गरेर सञ्चार गृहलाई तर्साउने कुत्सित प्रयास गरिएको भन्दै विरोध गरेका छन् ।   परियारले सत्यसँग डराउनेहरूले मात्र यस्तो हर्कत गर्ने...

नेकपा सांसद युवराज दुलालको चेतावनी- सदन मन्त्रीले सांसदलाई थर्काउन थलो होइन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले सदन मन्त्रीले सांसदलाई थर्काउन थलो नभएको बताएका छन् ।  मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसद दुलालले सदन मन्त्रीले सांसद थर्काउने थलो नभएको बताउदै प्रधानमन्त्री संसदमा आएर जनतालाई आश्वस्त पार्नुपर्ने बताएका हुन् ।  उनले भने- ‘१०० दिन पनि सरकार पुग्यो । मधुमास पनि सकियो । अब प्रधानमन्त्री संसदमा आउनु पर्छ र जनतालाई...

प्रधानमन्त्री वालेन्द्र शाह संसदमा उपस्थित

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा उपस्थित भएका छन् । 

मंगलबार प्रतिनिधिसभा बैठक जारी रहेका बेला प्रधानमन्त्री शाह सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित संसदको बैठकमा पुगेका हुन् ।

गएको जेठ १७ गते संसद् बैठकमा अचानक सम्बोधन गरेपछि प्रधानमन्त्री बालेन पहिलो पटक संसद पुगेका हुन् ।

Post Views: 10 0

लामो समयदेखि अनुपस्थित सहसचिवलाई सरकारी सेवाबाट हटाउन सिफारिस

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघिय मामिला तथा सामान्य प्रशासन  मन्त्रालयले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका एक कर्मचारीसँग स्पष्टिकरण माग गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै ९० दिन भन्दा बढि  कार्यलयमा अनुपस्थित रहेका सहसचिव पदमा कार्यरत  एक कर्मचारीमाथि कानुनी प्रक्रिया अघि बढाएको हो । मन्त्रालयले उनलाई विभिन्न माध्यमबाट सम्पर्क गर्न प्रयास गर्दा पनि सम्पर्कमा नआएको...

विपदको पूर्वतयारी र सुरक्षित यातायात व्यवस्था गर्न सभामुखबाट सरकारको ध्यानाकर्षण

काठमाडौं । सभामुख डोलप्रसाद (डिपी) अर्यालले मनसुन सुरु भएसँगै बाढी, पहिरो तथा डुबानजस्ता विपद्जन्य घटनाबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी तयारी गर्न सरकारलाई रुलिङ गराएका छन् । मंगलबारको प्रतिनिधिसभाको बैठकमा सभामुख अर्यालले विपद् व्यवस्थापनका लागि पूर्वतयारी, राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन नेपाल सरकारको ध्यानाकर्षण...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।