Category

राजनीति

र

संसद चलिरहदा ढले कांग्रेस सांसद खड्का !

काठमाडौं । प्रतिनिधि सभा जारी रहेका बेला नेपाली कांग्रेसका सांसद भरतबहादुर खडका ढलेका छन् ।

संसद जारी रहेकै समयमा ढलेपछि सांसदहरू खड्कालाई उठाएर बाहिर लागिएको छ ।

बैठक कक्ष बाहिर लगेर परिक्षण गर्दा उनलाई उच्चरक्तचाप देखिए बताइएको छ । अहिले उनलाई अस्पताल लैजाने तयारी गरिएको बताइएको छ ।

Post Views: 100 138

प्रधानमन्त्री शाह र बर्षमान पुन बिच भेटवार्ता

काठमाडौं, १८ भदौं। प्रधानमन्त्री वालेन्द्र शाहसँग आज नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले भेट गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा उहाँहरुबीच रसुवाको भोटेकोशी नदीमा आएको बाढी र त्यसपछिको खोज, उद्धार, उपचार, राहत वितरणलगायत विषयमा कुराकानी भएको छ।  यस्तै, उनीहरु बीच बाढीबाट प्रभावित भएका पूर्वाधारलाई कसरी पुनः सञ्चालन गर्ने विषयमा पनि...

प्रधानमन्त्री शाहसँग कुलमानको भेटवार्ता, उद्धार प्रभावकारी बनाउन उपकरण पुर्याउन दिए सुझाव

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेका छन् । बिहीबार रसुवा बाढीपछिको उद्धार तथा राहतलाई प्रभावकारी बनाउने विषयमा घिसिङले प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेको जानकारी दिएका छन् ।  प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै घिसिङले सुरुङ भित्र उद्धार गर्न आफुले उपकरण र दक्ष उद्धार टोली परिचालन गर्नुपर्ने सुझाव दिएको बताए...

कर्णाली सरकारसँग छन नौ सय बढी मोटरसाईकल, २३२ कार !

सुर्खेत, १८ भदौ ।संघीयता स्थापना भएको धेरै समय भएको छैन । यद्यपी गरिब प्रदेशको उपमा पाएको कर्णाली प्रदेशमा रहेका दश जिल्लाका १९८ ओटा भवन संरचनामा नौ सय बीस ओटा मोटरसाईकल रहेको पाइएको छ ।  प्रदेश सरकारसँग रहेको सम्पति मध्ये बस तथा मिनिबस १४ ओटा रहेका छन भने कृषिजन्य सवारी साधनको संख्या २१ रहेको प्रदेश सरकारले जनाएको छ । यस्तै, एम्बुलेन्स र शववाहन २१ ओटा भएको ्रदेश सरकारसँग स्कुटर मात्रै एक सय...

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बिहीबार बस्ने भएको छ ।

समितिको बैठक आज दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने जनाइएको छ ।

बैठकमा पार्टीमा अनुशासनका गतिबिधि उलंघन भएका विषयमा छलफल हुने बताइएको छ ।

Post Views: 100 122

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।

प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउसो ३ बजे बस्ने गरि मन्त्रिपरिषद्‌को बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भोटेकोशीमा आएको बाढीपछि राहत र उद्धार जारी रहेका बेला प्रधानमन्त्री शाहले मन्त्रिपरिषद्को  बैठक बोलाएका हुन् ।

सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बस्नेछ । 

Post Views: 100 115

रास्वपाको सचिवालय बैठक जारी

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सुरु भएको छ । 

सभापति रवि लामिछानेको अध्यक्षतामा वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बैठक केहीबेर अघिदेखि जारी रहेको छ । बैठकमा भोटेकोशी बाढीपछिको अवस्था, राहत र उद्धारको विषयमा भएका काम बारे छलफल हुने बताइएको छ ।

Post Views: 100 103

विना मापदण्ड ‘हचुवा’का भरमा कर्णालीमा कर्मचारीको सरुवा, अधिकांश कर्मचारी रुष्ट !

सुर्खेत, १८ माघ ।कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमार्फत विनमा मापदण्ड कर्मचारी सरुवा गरेपछि व्यापक असन्तुष्टि चुलिएको छ । नयाँ सरकार गठन भएपश्चात खारेज गरिएका विभिन्न दल निकटका ट्रेड युनियनका पदाधिकारीको हालीमुहाली हावी हुँदा नयाँ सरकारले कर्मचारीको सरुवा गरेको हो । कर्णाली प्रदेश सरकारले कर्मचारीको सरुवा गरेपछि हुम्ला जिल्ला अस्पतालमा कार्यरत डा. उमाकान्त...

भोटेकोशी बाढीबारे प्रतिनिधि सभामा विशेष प्रस्ताव पारित

काठमाडौं । प्रतिनिधि सभामा भोटेकोशी बाढीबारे विशेष प्रस्ताव पारित भएको छ ।  बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रस्तुत गरेको विशेष प्रस्ताव सर्वसहमतिले पारित भएको हो ।  प्रस्ताव प्रस्तुत गर्नु अघि सभामुख अर्यालले भोटेकोशी बाढीबाट पछि राहत, खोजी र उद्धारको काम प्रभावकारी ढंगले गर्न सरकारलाई निर्देशन दिएका थिए । आजको प्रतिनिधि सभाको बैठकमा बाढीमा परेर निधन भएकाहरुको...

प्रधानमन्त्रीको सम्बोधन पुर्णपाठसहित

सम्माननीय सभामुख महोदयज्यू, आज म विशेष जिम्मेवारीसहित यस गरिमामय सार्वभौम संसदको रोस्ट्रममा उभिएको छु।  भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षणभरमै हामीबाट आमाबुबा, दिदीबहिनी र दाजुभाइ खोसेर लग्यो। यस अकल्पनीय विपत्तिमा परेर ज्यान गुमाउनुहुने सम्पूर्ण मानिसहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। आफ्ना मान्छे गुमाएर गहिरो शोकमा पर्नुभएका परिवारजनप्रति हृदयदेखिनै समवेदना...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।