Category

राजनीति

र

गुठी संस्थानको पोखरी अतिक्रमणमुक्त अभियानविरुद्ध स्थानीयको प्रदर्शन

सुभाष कायस्थ जनकपुरधाम, २३ भदौ। गुठी संस्थानले चलाएको जनकपुरधामस्थित पोखरीको जग्गा अतिक्रमणमुक्त अभियानविरुद्ध स्थानीयहरू सडकमा उत्रिएका छन्। जनकपुरधाम वडा नम्बर १४ स्थित लबकी पोखरीको डिलनजिक घर बनाएर बसेका स्थानीयहरूले गुठी संस्थानले मापदण्ड र कानुनविपरीत आफूहरूको घर भत्काउन लागेको आरोप लगाएका छन्। वडा सदस्य रमेश साहको अगुवाइमा स्थानीयले पूर्व-पश्चिम राजमार्गअन्तर्गत जनकपुरधाम-ढल्केवर सडक खण्डको...

परराष्ट्रमन्त्री खनाल र दक्षिण कोरियाका विदेशमन्त्री ह्युनबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको छ । भेटवार्तामा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यबारे छलफल भएको थियो । मन्त्री खनालले बाढी प्रभावित क्षेत्रमा द्रुत उद्धार टोली तथा कोरियाली विपद् राहत टोली पठाउनुका साथै मानवीय सहायता र राहत सामग्री उपलब्ध गराएकोमा दक्षिण कोरिया...

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

काठमाडौं । बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार बिहान रसुवा पठाइएको हो । प्रभावित क्षेत्रमा खोप तथा औषधि पठाउने, रोग निगरानी बढाउने, सुरक्षित खानेपानी र सरसफाइमा विशेष ध्यान दिने तथा आवश्यक स्वास्थ्यकर्मी परिचालन गर्ने काम अघि बढाइएको स्वास्थ्य मन्त्रालयले...

गाउँपालिका अध्यक्षसहित आठ जना क्यासिनोबाट पक्राउ

वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव क्यासिनोमा भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार राति प्रहरीले वीरगञ्जस्थित गण्डकको क्लार्क रिसोर्टमा रहेको क्यासिनोमा विशेष अभियान सञ्चालन गर्दा अध्यक्ष यादवसहित आठ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय पोखरीयाका इन्चार्ज समेत रहेका प्रहरी इन्स्पेक्टर प्रदिप पौडेल समेत रहेको बताइएको छ...

मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?

काठमाडौँ । विहिबार बसेको मन्त्रिपरिषद्को बैठकका सात निर्णय सार्बजनिक भएका छन् । मन्त्रिपरिषद्को बैठकका सात निर्णय प्रवक्ता सस्मित पोखरेलले सार्बजनिक गरेका हुन्  । मन्त्रिपरिषद्को बैठकका निर्णयहरु: १- एसियाली विकास बैंकबाट, भोटेकोशी बाढी प्रभावित जनताको जीवन रक्षा तथा तत्कालीन आपतकालीन उद्धार तथा राहत कार्यका लागि प्राप्त हुने ५ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने । २-रसुवाको...

बाढीमा मृत्यु भएका सुरक्षाकर्मी र कर्मचारीका परिवारलाई १० लाख दिने सरकारको निर्णय

काठमाडौं । सरकारले भोटेकोशी बाढीमा परी मृत्यु भएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीका परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले बाढीमा परी मृत्यु भएका सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीका परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिने निर्णय भएको जानकारी दिए । त्यस्तै,खोज तथा उद्धार कार्यमा...

बाढीमा ज्यान गुमाउनेको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक

काठमाडौं । सरकारले यही भदौ २२ गतेलाई राष्ट्रिय शोक घोषणा गरेको छ । विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय शोकको घोषणा गर्दै देशभर सरकारी कार्यालय र विदेशस्थित नियोगहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।  प्रवक्ता पोखरेलले भदौ १० गते रसुवाको भोटेकोसी बाढीमा ज्यान गुमाउनेहरूको सम्मानमा १३औँ दिनको पुण्यतिथि अर्थात् २०८३ भदौ २२ गते...

अन्तर्राष्ट्रिय समुदायसँग राहत होइन क्षतिपूर्ति मागौं- मनिष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले अन्तर्राष्ट्रिय समुदायसँग राहत भन्दा क्षतिपूर्ति माग्नुपर्ने बताएका छन् । विहिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद झाले जलवायु परिवर्तनका कारण नेपालमा आएको महाविपतमा हाम्रो देशको नगण्य योगदान रहेको भन्दै अब यसको प्रमुख कारण सिर्जना गर्ने देशहरुले क्षतिपुर्ति दिनुपर्ने माग गरेका छन् । उनले चीन, भारत, अमेरिका जस्ता देशले कार्बन...

भोटेकोशी बाढीबारे परराष्ट्रमन्त्री खनालको कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई ब्रिफिङ

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीबाट भएको क्षति, सरकारको उद्धार तथा राहत प्रयास र विदेशी नागरिकको अवस्थाबारे नेपालस्थित कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूलाई ब्रिफिङ गरेका छन् । बिहीबार आयोजित ब्रिफिङमा मन्त्री खनालले गत भदौ १० गते रसुवागढीस्थित नेपाल–चीन सीमामा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीलाई पछिल्लो समयको स्मृतिमा नभएको ठूलो विपत्तिका रूपमा...

संसद चलिरहदा ढले कांग्रेस सांसद खड्का !

काठमाडौं । प्रतिनिधि सभा जारी रहेका बेला नेपाली कांग्रेसका सांसद भरतबहादुर खडका ढलेका छन् ।

संसद जारी रहेकै समयमा ढलेपछि सांसदहरू खड्कालाई उठाएर बाहिर लागिएको छ ।

बैठक कक्ष बाहिर लगेर परिक्षण गर्दा उनलाई उच्चरक्तचाप देखिए बताइएको छ । अहिले उनलाई अस्पताल लैजाने तयारी गरिएको बताइएको छ ।

Post Views: 100 137

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।