भजनी (कैलाली), २७ वैशाखः हुलाकी राजमार्गअन्तर्गत कैलालीको लम्की–टीकापुर–खक्रौला सडकको काम सम्पन्न नहुँदा नागरिकले निकै सास्ती खेप्नुपरेको छ । यहाँ विसं २०७७ मा तीन ‘प्याकेज’ मा निर्माण सुरु भएको थियो । २९ किलोमिटर सडकमध्ये हालसम्म दुई प्याकेजका काम सम्पन्न भएका छन्, तर टीकापुरको अस्नेहरी हुँदै खक्रौलासम्मको ११ किलोमिटर सडक पाँच वर्षसम्म सम्पन्न हुन नसक्दा समस्या भएको हो । स्थानीय निरा काफ्लेले...










