Category

विविध

एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा

महेन्द्रनगर, २९ वैशाखः सुदूरपश्चिम प्रदेशका दुई वटा पालिकाका एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएका छन् । क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत एसियाली विकास बैंक (एडीबी) को सहयोगमा कञ्चनपुर र कैलालीमा गरी तीन पालिकामा फोहरमैला व्यवस्थापन केन्द्रको काम अघि बढेको थियो । कैलालीको अत्तरीया र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आइसकेका छन् । सङ्घीय आयोजना...

सडक सुरक्षामा प्रविधि, जनचेतना र कानुन कार्यान्वयनमा जोड

काठमाडौँ, २९ वैशाखः प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले सडक दुर्घटना न्यूनीकरणका लागि प्रविधिमैत्री निगरानी प्रणाली, जनचेतना अभिवृद्धि तथा प्रभावकारी कानुन कार्यान्वयनमा जोड दिएका छन् । समितिका सदस्यहरुले सवारीको गति बढी हुँदा स्वचालित रूपमा सचेत गराउने डिजिटल उपकरण जडान गर्न सकिने र सडक सुरक्षालाई आधुनिक प्रविधिसँग जोडेर अघि बढाउनुपर्ने धारणा राखेका हुन् । बैठकमा...

पुल निर्माणमा ढिलासुस्ती भएपछि १२ वर्षपछि ‘तोडियो’सम्झौता

डुम्रे (तनहुँ), २९ वैशाखः तराई र पहाडी क्षेत्र जोड्ने वैकल्पिक मार्गको रुपमा रहेको पोखरा–नारायणगढ सडक बुद्धसिंह मार्गअन्तर्गत घुमाउनेस्थित त्रिशूली नदीमा निर्माणाधीन मोटरेबल पुलको ठेक्का सम्झौता अन्त्य गरिएको छ । निर्माण सुरु भएको १२ वर्षपछि काम सम्पन्न नभएको र निर्माण व्यवसायीले पटक–पटकको निर्देशन अटेर गरेपछि सडक डिभिजन कार्यालय दमौलीले आज सार्वजनिक सूचना जारी गर्दै ठेक्का अन्त्य गरेको हो ।...

फलेवास नगरपालिकाले आजदेखि आफ्नै भवनबाट सेवा प्रवाह गर्दै

पर्वत, २९ वैशाख : सङ्घीयता कार्यान्वयनमा आएको एक दशकपछि यहाँको फलेवास नगरपालिकाको भवन निर्माण भएको छ । जिल्लाको सातवटा स्थानीय तहमध्ये फलेवास नगरपालिका आफ्नै भवन बनाउने छैटौँ स्थानीय तह बनेको छ । यसअघि मोदी, विहादी, पैंयूँ, महाशिला र जलजला गाउँपालिकाले आफ्नै भवन निर्माण गरी कार्यालय सञ्चालन गर्दै आएका छन् । अब कुश्मा नगरपालिकाको भवन निर्माण मात्र सम्पन्न हुन बाँकी छ । निर्माण अन्तिम चरणमा पुगेको...

विपन्न बालबालिकालाई कपडा वितरण

ढोरपाटन (बागलुङ), २९ वैशाख : यहाँको निसीखोला गाउँपालिकाका दुई हजार ९१३ विपन्न बालबालिकालाई कपडा वितरण गरिएको छ । ‘स्लिपिङ चिल्ड्रेन अराउन्ड द वल्र्ड क्यानडियन’ संस्थाको सहयोगमा रोटरी क्लब अफ हिमालयन ग्लोफोर्स काठमाडौँले दुई करोड ३४ लाख रुपैयाँबराबरको लत्ताकपडा वितरण गरेको हो । गाउँपालिकाभित्रका ४५ वटा सामुदायिक विद्यालयमा अध्ययनरत ६ देखि १२ वर्ष उमेरका बालबालिकालाई म्याट सेट, झुल, झोला, सिरक...

सेनाद्वारा च्याम्ताङ–घोङ्गप्पा सडक हस्तान्तरण

किमाथाङ्का (सङ्खुवासभा), २९ वैशाखः सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित च्याम्ताङ–घोङ्गप्पा सडक निर्माण सम्पन्न भएको छ । राष्ट्रिय गौरवको सो सडक नेपाली सेनाले निर्माण गरेको हो । भौगोलिक रूपमा विकट मानिएको उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्काको साढे १० किलोमिटर सडक आयोजनाको ‘ट्रयाक’ र स्तरोन्नति गरिएको हो । खाँदबारी–किमाथाङ्का सडकखण्डअन्तर्गत पर्ने उक्त सडक सोमबार एक कार्यक्रमबीच...

नीति तथा कार्यक्रमः ‘देवभूमि नेपाल’ अभियान सञ्चालन गरिने

काठमाडौँ, २९ वैशाखः आगामी आर्थिक वर्ष २०८३/८४ कोे नीति तथा कार्यक्रममा नेपाललाई विश्व आध्यात्मिक पर्यटन केन्द्रका रूपमा स्थापित गर्न ‘देवभूमि नेपाल’ राष्ट्रिय अभियान सञ्चालन गरिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा सोमबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै धार्मिक, सांस्कृतिक, आरोग्य, चलचित्र र साहसिक पर्यटनलाई विशेष प्राथमिकतामा राखिएको बताउनुभयो । सरकारले नीति...

कलैयाका सात पसलमा छड्के अनुगमन

बारा, २९ वैशाखः बाराको कलैयामा सोमबार सात वटा पसलमा छड्के अनुगमन गरिएको छ । अनुगमनका क्रममा दुई वटा मिठाइ पसललाई जरिवाना गरिएको छ । संयुक्त बजार अनुगमन समितिका अध्यक्ष तथा जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरकण भट्टराईको नेतृत्वमा खटिएको टोलीले विभिन्न पसलको अनुगमन गरेको हो । अनुगमनका क्रममा कलैया उपमहानगरपालिका-६ बरियारपुर रोडस्थित माँ अन्नपूर्ण स्वीट्स एण्ड बेकरीमा...

तुलसीपुरका थारु महिला तरकारीखेतीबाट आत्मनिर्भर बन्दै

दाङ, २९ वैशाखः तुलसीपुर उपमहानगरपालिका-१५ अकमीगाउँका थारु महिला मौसमी तथा बेमौसमी व्यावसायिक तरकारीखेती गरी मनग्य आम्दानीमार्फत आत्मनिर्भर बन्दै आएका छन् । अकमीगाउँसहित आसपासका गाउँका थारु महिला अहिले व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित भएका हुन् । यसबाट जीविकोपार्जन गर्न र छोराछोरीलाई पढाउन सजिलो भएको थारु महिला बताउँछन् । तुलसीपुर-१५ की ४४ वर्षीया स्यानी चौधरीले व्यावसायिक रूपमा तरकारीखेती गर्न...

कर्णाली प्रदेशसभाः प्राकृतिक विपद् सम्बोधन गर्ने बजेट बनाउनुपर्नेमा जोड

कर्णाली, २९ वैशाखः कर्णाली प्रदेशसभाका सदस्यहरूले आगामी आर्थिक वर्ष २०८३/८४ मा प्राकृतिक विपद् र समयसापेक्ष आवश्यकतालाई केन्द्रमा राखेर बजेट निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको पहिलो बैठकको आकस्मिक समयमा प्रदेशसभा सदस्य भीमप्रकाश शर्माले यस वर्षको वैशाखमा आएको असिनापानीका कारण सल्यानको बागचौर गाउँपालिकाका किसानको अन्नबाली नष्ट भएको भन्दै...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।