Category

विविध

तल्लो सेती जलविद्युत् आयोजना निर्माणको तयारी

दमौली (तनहुँ), ११ जेठः तनहुँमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माण हुने भएको छ । एसियाली बिकास बैङ्कको २२७ मिलियन अमेरिकी डलर, ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋणमा निर्माण गर्न लागिएको आयोजना प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो । अर्धजलाशययुक्त सो आयोजनाको बाँध तनहुँको बन्दीपुर–६ र देवघाट गाउँपालिका–३ मा पर्दछ । विद्युत्गृह, कर्मचारी आवास, मुख्य सुरुङ देवघाट गाउँपालिका–३ र ४...

पर्यटकको रोजाइमा कोशी टप्पु

धरान (सुनसरी), ११ जेठः आर्थिक वर्ष २०८१ / ८२ मा ११ हजार ६०३ पर्यटकले कोशी टप्पु आरक्ष भ्रमण गरेको कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यलयले जनाएको छ । भ्रमण गर्नेमा आन्तरिक पर्यटक ११ हजार २१४ र सार्क मुलुकबाट ४२ महिला र ४५ पुरुष गरी ८७ जना तथा अन्य मुलुकबाट १५१ महिला र १५१ पुरुष गरी ३०२ विदेशी पर्यटक रहेको आरक्ष प्रमुख एवं वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो । जैविक विविधता...

प्राङ्गारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन

खोटाङ, ११ जेठः जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार तथा आसपासका फोहर सङ्कलन गरेर प्रशोधनगरी मोहर कमाउने लक्ष्यसहित दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित ओखरबोटेमा प्राङ्गारिक मल तथा बायोग्याँस उद्योग स्थापना गरेको पाँच वर्ष भयो । करिब रु पाँच करोड लगानीमा स्थापना गरिएको उद्योग तत्कालीन १ नं प्रदेश (हाल कोशी प्रदेश)का तत्कालीन मुख्यमन्त्री शेरधन राईले विसं २०७७ चैतल २१ गते...

एकै घरका चार बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर), ११ जेठः त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी परेका छन् भने एकको अवस्था गम्भीर छ । साधना टोलका स्थानीय छिमेकी राधा बुढाथोकीका अनुसार विषाक्त खानाका कारण २३ वर्षीय हेमा बुढाथोकी, उनका ५ वर्षीय छोरा योगेश बुढाथोकी र नन्दहरु १४ वर्षीय यशोदा र अर्का ९ वर्षीय यासिका बुढाथोकी रहेका छन् । छिमेकी राधा बुढाथोकीका अनुसार शनिबार हेमा बुढाथोकीले...

वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

काठमाडौँ, ११ जेठः सङ्गीत क्षेत्रमा ख्याति कमाउनुभएका वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्यायलाई भारतमा ‘कलाक्षेत्रम’ पुरस्कारबाट सम्मान गरिएको छ । राजोपाध्यायलाई महाराष्ट्रको पुणेमा अखिल लोककला कल्चरल अर्गनाइजेसनले आयोजना गरेको भारत उत्सव २०२६ मा पुरस्कार प्रदान गरेको हो । अर्गनाइजेसनका महासचिव डा प्रमोद नानवरेका अनुसार भारत उत्सवमा भारतका विभिन्न राज्यका तीन हजार ५०० भन्दा बढी कलाकारले भारत नाट्यम...

रौतहटमा बाघ गणना जारी

चन्द्रपुर (रौतहट)ः ११ जेठः बाघको संरक्षण गर्न सबै तहतप्काबाट लाग्नुपर्ने आवश्यकता औँल्याइएको छ । बाघ संरक्षण तथा मानव–बाघ द्वन्द्व न्यूनीकरणसम्बन्धी सञ्चारकर्मीलाई लक्षित गर्दै आइतबार चन्द्रनिगाहपुरमा आयोजित सचेतनामूलक कार्यक्रममा डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्तप्रसाद साहले यस्तो बताउनुभएको हो । बाघप्रति आमनागरिकले सकारात्मक धारणा बनाए मात्रै बाघको संरक्षण हुने र बाघ भएको ठाउँ सुन्दर...

मापसेबाट गत वैशाखमा देशभर १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

काठमाडौँ, ११ जेठ : गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउँदा १२४ सवारी दुर्घटना भएको नेपाल प्रहरीले जनाएको छ । ती दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने १७४ जना घाइते भएका छन् । काठमाडौँ उपत्यकाभित्र मात्रै गत वैशाख महिनामा ३७ वटा सवारी दुर्घटना भएका र ती दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी...

चारपटक म्याद थपिएपछि अलपत्र छाडिएको पुलको निर्माण सुरु

दमौली (तनहुँ), ११ जेठः लामो समयदेखि अलपत्र भएको तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने सेती नदीमाथि निर्माणाधिन पुलको कार्यले गति लिएकोे छ । व्यास नगरपालिका–३ देउरालीनगर र ऋषिङ गाउँपालिका–१ झापुटार जोड्ने सेतीनदीमाथिको पुलको निर्माण कार्य अलपत्र भएको थियो । पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख रवीन्द्र तिवारीका अनुसार उक्त पुलमा हाल धमाधम काम भइरहेको छ । केही समय उक्त पुलको काम...

बुटवल–पाल्पा सुरुङमार्गमा आगामी असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा), ११ जेठः सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्य तीव्र पारिएको छ । आयोजनाले सुरुङमार्गभित्रका संरचना निर्माण, पहुँच सडक र सुरक्षा व्यवस्थासम्बन्धी कामलाई एकसाथ अघि बढाएको जनाएको छ । आयोजनाका अनुसार सुरुङमार्गको हालसम्म भौतिक प्रगति ६८ प्रतिशत र वित्तीय प्रगति ५८ प्रतिशत पुगेको छ । पाँच...

गुप्तेश्वर गुफामा पर्यटकको भीडः एकै दिनमा पाँच लाखको टिकट बिक्री

गण्डकी, ११ जेठः ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्त्व बोकेको गुप्तेश्वर गुफाले एकैदिनमा रु पाँच लाख २५ हजार ७१५ आम्दानी गरेको छ । पर्यटकीय राजधानी पोखरा–१७ छोरेपाटनमा रहेको सो गुफा अवलोकन गर्न आउने आन्तरिक एवं बाह्य पर्यटकलाई टिकट बिक्री गरेर आम्दानी गरेको हो । जेठको १० गते आइतबार मात्र गुफामा चार हजार ४७२ जना बाह्य पर्यटक, एक हजार ४८७ आन्तरिक पर्यटक र ११९ जना विद्यार्थी गरी कूल छ हजार ७८...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।