Category

विविध

मुस्ताङका उच्चलेकमा यार्सागुम्बा सङ्कलन

मुस्ताङ, १२ जेठः जिल्लाका पाँचमध्ये चार स्थानीय तहका उच्चलेंकमा औषधीय गुण भएको बहुमूल्य जटीबुटी यार्सा गुम्बा सङ्कलन सुरु भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष,अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत एक्याप जोमसोम र एक्याप लोमान्थाङको कार्यक्षेत्रमा पर्ने उच्च लेकहरुमा धमाधम यार्सा सङ्कलन भइरहेको छ । यहाँका आधा दर्जन बढी उच्चलेक, खर्क र पाटनमा यार्सा गुम्बा सङ्कलन भइरहेको एक्यापले जनाएको छ ।...

भेडा बिक्री गरेर मौरीपालन

म्याग्दी, १२ जेठः म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जाका रेशम छन्त्यालले परम्परागत भेडापालन छोडेर व्यावसायिक मौरीपालन गर्नुभएको छ । घुम्ती गोठमा भेडापालन गर्ने पेसाको विकल्पमा मौरीपालन गरेका ४४ वर्षीय छन्त्याल स्वरोजगार र आत्मनिर्भर बन्नुभएको हो । “हिउँद, बर्खा, झरीबादल नभनी भेडाबाख्राको पछि लागेर लेकबेँसी गर्नुभन्दा घर वरपरकै बारीमा घार थापोर मौरीपालन गर्दा आफू र परिवारलाई सजिलो छ”, उहाँले...

‘विश्वका पशुपालक महिलाहरुको अन्तरराष्ट्रिय सम्मेलन नेपालमा

पाटन (ललितपुर), १२ जेठः कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले विश्वका पशुपालक महिलाहरुको अन्तरराष्ट्रिय सम्मेलनले सामूहिक प्रतिबद्धतालाई अझै बलियो बनाउने अवसर प्रदान गर्नेछ भन्ने धारणा राख्नुभएको छ । संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको प्राविधिक सहयोगमा अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) खुमलटारमा आयोजित विश्वका पशुपालक महिलाहरुको अन्तरराष्ट्रिय सम्मेलनलाई सम्बोधन...

विद्यार्थीको दिवा खाजामा स्थानीय उत्पादन ‘सखरखण्ड’

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १२ जेठः रुपन्देहीको कञ्चन गाउँपालिकाले विद्यालय तहका विद्यार्थीको पोषण सुधार तथा दिवा खाजामा स्थानीय उत्पादनलाई प्राथमिकता दिनेभएको छ । सो पालिकाले स्थानीयस्तरमा उत्पादित सखरखण्ड समावेश गरी दिवा खाजा कार्यक्रम सञ्चालन गर्ने भएको हो । सो पालिकामा पर्याप्त मात्रामा उत्पादन हुने सुन्तला रङको गुणस्तरीय सखरखण्ड गाउँमै खपत गर्ने उद्देश्यले दिवा खाजामा समावेश गर्न...

प्रधान सेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न

काठमाडौँ, १२ जेठ : नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस सङ्घको प्राविधिक सहयोगमा सञ्चालित प्रधान सेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता–२०८३ को चौथो संस्करण आज सम्पन्न भएको छ । यसै सन्दर्भमा आज जङ्गी अड्डामा आयोजित समापन समारोहमा प्रधान सेनापति अशोकराज सिग्देलले उक्त प्रतियोगितामा ‘च्याम्पियन’ हुने त्रिभुवन आर्मी क्लब, पुरुष एकल तथा महिला एकल प्रतियोगिताका विजेता क्रमशः प्रदीप खड्का र सिभाली...

सार्वजनिक जग्गामा स्याउ बगैँचा

गलकोट (बागलुङ), १२ जेठः बागलुङको तमानखोला गाउँपालिकाले सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती विस्तार गरेको छ । गाउँपालिकाले २४ रोपनी सार्वजनिक जग्गामा रु ४० लाख खर्चेर स्याउ बगैँचा निर्माण गरेको हो । गाउँपालिकाले जग्गाको संरक्षण, तारबार, थोपा सिँचाइ प्रविधिसहित एक हजार ४०० स्याउका बिरुवा हुर्काइरहेको छ । गाउँपालिका–४ स्थित गोरदी र बयलीमा सार्वजनिक जग्गाको झाडी फाँडेर स्याउखेती विस्तार...

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन थालनी

काठमाडौँ, १२ जेठः नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान भण्डारखालमा विद्यावारिधि तह डिएम/एम सिएचतर्फ तीन विधामा विद्यावारिधि तहको पठनपाठन थालनी भएको छ । ती विधामा डिएम कार्डियोलोजी, डिएम क्रिटिकल केयर तथा एम सिएच युरोलोजी विषय छन् । संस्थानका कार्यकारी निर्देशक उपरथी प्रा डा देवेन्द्रबहादुर खत्रीले भन्नुभयो, “विद्यावाधि तह डिएम/एम सिएचतर्फ डिएम कार्डियोलोजी, डिएम क्रिटिकल केयर तथा एमसिएस युरोलोजी...

बागमती प्रदेशसभाको बैठक : नीति कार्यक्रम प्रस्तुत हुँदै

बागमती, १२ जेठः बागमती प्रदेशसभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३ /८४ को नीति तथा कार्यक्रम प्रस्तुत प्रस्तुत हुँदैछ । प्रदेशसभाको आज साँझ ५ः०० बजे बस्ने बैठकमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सरकारको आगामी आव २०८३/ ८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय भएको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिनुभयो । यस्तै प्रदेशसभामा प्रस्तुत प्रदेश सरकारको आगामी आव...

शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम

गण्डकी, १२ जेठः कास्कीको मादी गाउँपालिकाका शिक्षकहरूलाई सञ्चार तथा सूचना प्रविधिसम्बन्धी तालिम दिइएको छ । पाँच दिवसीय तालिममा गाउँपालिकाअन्तर्गत आधारभूतदेखि माध्यमिक तहसम्मका ४८ जना शिक्षकरूको सहभागिता थियो । तालिममा शिक्षा तालिम केन्द्र, गण्डकी प्रदेशका रोस्टर प्रशिक्षकहरू रुपिन्द्र प्रभावी, खेमराज पौडेल र कीर्तिराज ढकालले पावरप्वाइन्ट, एक्सेल, एआई, माइक्रोसफ्ट वर्ड, गुगल एप्लिकेसनहरू, इमेल...

श्रष्टा डा आचार्यको कविता सङ्ग्रह ‘दिनभरि पानी परिरहन्छ’ अमेरिकामा सार्वजनिक

काठमाडौँ, १२ जेठः वरिष्ट श्रष्टा डा तुलसी आचार्यको पछिल्लो कविता सङ्ग्रह ‘दिनभरि पानी परिरहन्छ’ सार्वजनिक भएको छ । अमेरिकाको कोलोराडोमा हालै आयोजित नवौँ अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलनमा कवि डा नवराज लम्साल र अन्तरराष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय सदस्यहरूले संयुक्त रूपमा पुस्तक विमोचन गर्नुभयो । सो कविता सङ्ग्रहभित्रका रचना आधुनिक ‘डायस्पोरा’ र प्रयोगात्मक शैलीमा केन्द्रित छन् ।...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।