Category

विविध

आज मुस्लिम समुदायले बकर ईद मनाउदै

काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद आज मुस्लिम समुदायले मनाउदैछन् ।  इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ । यस अवसरमा जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा...

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

काठमाडौं  । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-७ बस्ने उदयपुर रौतामाई गाउँपालिका-४ घर भएका ४५ वर्षीय राम बहादुर आले मगर, काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ बस्ने सिराहा लहान नगरपालिका-६ घर भएका ३२ वर्षीय आशिष कार्की, काठमाडौं टोखा नगरपालिका-४ बस्ने ७९...

यी अभियन्ता र आह्वानकर्तामाथि अनुसन्धान गर्न मानव अधिकार आयोगको सिफारिस

काठमाडौँ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका घटना बारे राष्ट्रिय मानव अधिकार आयोगको छानबिन प्रतिवेदनले आन्दोलनलाई भड्काउन भूमिका खेलेको भन्दै विभिन्न अभियन्ता र आह्वानकर्तालाई अनुसन्धान गर्न सिफारिस गरेको छ । आयोगले गणेश कार्की, सुलभ खरेल, बब्लु गुप्ता, रक्षा बम, कृष्ण कार्की,डा. तोषिमा कार्की, राजिव खत्री, शोम शर्मा, केपी खनाल, दिपक बोहरा, मनिश झा, ज्वाला संग्रौला, हेमराज थापा, विमल...

हिमाली वातावरणको संरक्षण आजको आवश्यकता हो : राष्ट्रपति पौडेल

काठमाडौँ, १३ जेठः राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण तथा हिमाली वातावरणको संरक्षण आजको आवश्यकता भएको बताउनुभएको छ । राष्ट्रपति पौडेलले विश्वका विभिन्न मुलुकबाट आएका सगरमाथा आरोहीको सम्मानमा आज यहाँ आयोजना गरिएको ‘सगरमाथा समिटर्स समिट–२०२६’ लाई सम्बोधन गर्दै हिमाली वातावरणको संरक्षण आजको आवश्यकता भएको बताउनुभएको हो । “सगरमाथा केबल नेपालको भौगोलिक पहिचान मात्र...

स्वास्थ्यमन्त्री मेहताको भुटानी समकक्षीसँग भेटवार्ता

काठमाडौँ, १३ जेठः भुटानका स्वास्थ्यमन्त्री लियोन्पो तान्डिन वाङचुकबीच स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र भेटवार्ता भएको छ । स्वीट्जरल्याण्ड जेनेभामा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को ७९औँ विश्व स्वास्थ्यसभामा मङ्गलबार उहाँहरुबीच भेटवार्ता भएको मन्त्रालय सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिनुभयो । भेटवार्तामा उहाँहरुबीच दुवै राष्ट्रले एकैखाले साझा स्वास्थ्य चुनौतीको सामाना...

व्यवसायिक अदुवाखेती गर्दै खोक्सिकका किसान

भोजपुर, १३ जेठः भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ खोक्सिकका किसान व्यावसायिक अदुवाखेतीतर्फ आकर्षित हुन थालेका छन् । परम्परागत खेती प्रणालीबाट आम्दानी सीमित भएपछि किसानले अदुवालाई आम्दानीमुखी बालीका रूपमा अँगाल्दै व्यावसायिक उत्पादन विस्तार गर्न थालेका हुन् । किसानलाई व्यावसायिक अदुवाखेतीमा लाग्न प्रोत्साहन गर्न वडा तथा गाउँपालिकाले आवश्यक सहयोग गर्दै आएको वडाध्यक्ष बाचकुमार राईले बताउनुभयो ।...

जलजलामा हिमाल र बादलको लुकामारी

म्याग्दी, १३ जेठः पहाडको उच्च स्थानमा फैलिएको समथर घाँसेमैदान, हरियाली पहाडको पृष्ठभूमिमा लहरै देखिने हिमाल, छिनछिनमा बादल र हिमालको लुकामारी, शीतल हावापानी तथा शान्त वातावरणका कारण म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा रहेको जलजला पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । समुद्री सतहदेखि तीन हजार ४१४ मिटर उचाइमा रहेको जलजलाबाट सिस्ने, पुथा, गुर्जा, मानापाथी, धवलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे...

सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी, १३ जेठः मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गतको म्याग्दी खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ माथिल्लो बैसरी (सिरुवारी)मा पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सम्पर्कविच्छेद भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार सडक विभाग र बेनी–जोमसोम–कोरला सडक योजनासँग...

अभिनेत्रीहरुले बोक्न थाले चलचित्रको कथा

काठमाडौँ, १३ जेठः चलचित्र उद्योगमा लामो समयदेखि एउटा भाष्य जवरजस्त स्थापित छ, चलचित्र बिकाउन ‘हिरो’ चाहिन्छ र त्यो हिरो ‘पुरुष’ नै हुनुपर्छ । त्यसैले अधिकांश कथाहरू अभिनेता वरिपरि घुमेको पाइन्छन् । जबकि अभिनेत्रीलाई प्रेम, त्याग वा भावनामा मात्रै सीमित राखिन्छन् । तर पछिल्लो समय यो भाष्य परिमार्जित हुँदै गएको छ । अभिनेत्रीहरु पनि चलचित्र बिकाउन सक्छन् भन्ने भाष्य बन्दै गएको छ । उदाहरणका रुपमा...

पोर्चुगलको कोइम्ब्रामा दूतावासको घुम्ती सेवा

लिस्बन (पोर्चुगल), १३ जेठः लिस्बनस्थित नेपाली दूतावासले पोर्चुगलको कोइम्ब्रा क्षेत्रमा बसोबास गर्ने नेपालीलाई लक्षित गर्दै राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी ‘कन्सुलर’ सेवा प्रदान गरेको छ । दूतावासले कोइम्ब्राको मरिन्हा दास ओन्दासमा दुईदिने घुम्ती शिविर सञ्चालन गरेर त्यहाँ रहेका नेपालीलाई राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी ‘कन्सुलर’ सेवा प्रदान गरेको हो । घुम्ती शिविरबाट कूल...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।