Category

अर्थ-व्यापार

३८ जलविद्युत आयोजनाको अनुमति रद्द गर्न सिफारिस

काठमाडौं । विद्युत खरिद सम्झौता (पीपीए) गरी लामो समयसम्म शून्य प्रगतिमा रहेका १ हजार ३८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत आयोजनाको अनुमति रद्द गर्न राय प्राप्त भएको छ ।  सरकारको १०० बुँदे शासकीय सुधार कार्य योजनाको ७४ (ख) बमोजिम विद्युत् विकास विभागबाट जारी भएका अनुमतिपत्रहरूको वर्तमान अवस्थाको समीक्षा गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा गठित उच्चस्तरीय समितिले त्यस्ता आयोजनाको...

सर्वोत्तम पेन्ट्सको सर्वसाधारणका लागि आइपिओ खुला

काठमाडौं । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपिओ) निष्काशन तथा बिक्री खुला गरेको छ ।  कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ लाख ५ हजार ५०० कित्ता साधारण शेयर सार्वजनिक निष्काशनमा ल्याएको हो । कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत बराबर ८ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको...

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ६० अर्ब निक्षेप संकलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले २३ दिनका लागि ६० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ । बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् ।...

फ्लाइ दुबईलाई पोखराबाट उडान सञ्चालन गर्ने अनुमति

काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन गर्ने तयारीमा महत्त्वपूर्ण प्रगति भएको छ । विश्वस्तरीय वायुसेवा कम्पनी फ्लाइ दुबईले आगामी सन् २०२६ सेप्टेम्बर २३ देखि दैनिक उडान सञ्चालन गर्ने अनुमति पाएको हो । उच्चस्तरीय सुरक्षा, सुरक्षित सञ्चालन र प्राविधिक निरीक्षण सम्पन्न भएपछि उक्त सेवा सञ्चालनको बाटो खुलेको हो । यससँगै पोखराबाट नियमित अन्तर्राष्ट्रिय...

सुन एकैदिन तोलाको १० हजार एक सयले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मुल्य तोलाको १० हजार १ सयले घटेर तोलाको २ लाख ९१ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको ३ लाख १ हजार ९ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १८० रुपैयाँले घटेर तोलाको ४७४० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार...

नेप्सेमा गिरावट, ६ अर्ब ४४ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आजपनि गिरावट आएको छ । आज मंगलबार नेप्से १.५४ अंकले घटेर २७३३. ५९ विन्दुमा पुगेर रोकिएको छ । आज ३५७ कम्पनिका एक करोड २३ लाख ८२ हजार १७ कित्ता शेयर ६ अर्ब ४४ करोड ३१  लाख ९० हजार २९१ मा कारोबार भएको थियो ।  आज होटल्स, हाइड्रो, उत्पादन र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी सोपा फार्माको शेयरमा सकारात्मक सर्किट लागेको छ भने कालिन्चोक...

करका दरमा हेरफेर नभएको सरकारका प्रवक्ताको दावी

काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले करका दरमा हेरफेर नभएको दाबी गरेका छन् ।  मन्त्रिपरिषदको बैठकका निर्णय सार्बजनिक गर्दै प्रवक्ता पोखरेलले अर्थमन्त्रीको बचाउ गर्दै बजेट र करको दरमा हेरफेर नभएको दावी गरेका हुन् । उनले भने- ‘कुनै चलखेल भएको छैन, अर्थमन्त्रीले एकदम मेहनत गरेर एकदमै राम्रो बजेट ल्याउनु भएको छ, त्यसमा हाम्रो पूर्ण समर्थन छ ।’...

कस्तो छ रासायनिक मलको मौज्जत अवस्था ?

काठमाडौँ । कृषि वन तथा पर्यावरण मन्त्रालयले रासायनिक मलको आपूर्ति, मौज्दात र बिक्रीको विस्तृत विवरण सार्वजनिक गरेको छ । सरकारले चालु आर्थिक वर्षका लागि कुल ६ लाख मेट्रिक टन रासायनिक मल आपूर्ति गर्ने वार्षिक लक्ष्य राखेकोमा हालसम्म ४ लाख ९१ हजार ३ सय मेट्रिक टनको टेण्डर भइसकेको मन्त्रालयले जनाएको छ ।  यस कार्यक्रमका लागि कुल २८ अर्ब ८२ करोड १४ लाख बजेट विनियोजन गरिएको छ ।  मन्त्रालयको...

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य तोलाको २ हजारले बढेर तोलाको ३ लाख १ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ९९ हजार ९ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले बढेर तोलाको ४९२५ मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी...

डिजिटल कर्जाको दायरा विस्तार, १० लाखसम्म लिन सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जासम्बन्धी मार्गदर्शन, २०७८ मा संशोधन गर्दै डिजिटल कर्जाको दायरा विस्तार गरेको छ । संशोधित व्यवस्थाअनुसार अब लघु, साना तथा मझौला व्यवसायीले पनि डिजिटल माध्यमबाट कर्जा प्राप्त गर्न सक्ने भएका छन् । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले जारी गरेको संशोधित मार्गदर्शनअनुसार डिजिटल कर्जालाई थप सहज, व्यवस्थित र व्यवसायमैत्री बनाउने...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।