Category

अर्थ-व्यापार

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ७० अर्ब निक्षेप संकलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले ७९ दिनका लागि ७० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ । बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् ।...

मेटाले भारतीय फिनटेक स्टार्टअप क्रेडमा ९० करोड डलर लगानी गर्ने

काठमाडौँ । अमेरिकी प्रविधि कम्पनी मेटा प्लेटफर्मले भारतीय फिनटेक स्टार्टअप क्रेडमा ९० करोड अमेरिकी डलर लगानी गर्ने भएको छ । यस लगानीपछि क्रेडको मूल्यांकन ४ अर्ब ५० करोड डलर पुगेको क्रेडले जानकारी दिएको छ । यसैसँगै क्रेडका संस्थापक कुनाल शाहलाई विश्वव्यापी रूपमा व्हाट्सएपको नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ । भारत व्हाट्सएपको सबैभन्दा ठूलो बजार हो, जहाँ ५० करोडभन्दा बढी प्रयोगकर्ता छन् ।...

चालू आर्थिक बर्षमा सबै भन्दा बढी डिजल आयात

काठमाडौँ । चालू आर्थिक बर्षको ११ महिनामा सबै भन्दा बढी डिजेल आयात भएको छ । भन्सार विभागका अनुसार गत साउनदेखि जेठ मसान्तसम्म ११ महिनामा एक खर्ब ५२ अर्ब ६७ करोडको डिजल आयात भएको छ । यस अवधिमा १२ लाख ६४ हजार किलो लिटर डिजल आयात भएको छ । त्यस्तै धेरै आयातको सूचीको दोस्रो स्थानमा भटमास तेलको कच्चा पदार्थ रहेको छ । विभागका अनुसार ११ महिनामा एक खर्ब १९ अर्ब ६३ करोड बराबरको भटमास तेलको कच्चा पदार्थ आयात...

सस्तोमा चीनलाई कच्चा तेल बेच्दै इरान

काठमाडौँ । अमेरिका र इरानबीच शान्ति सम्झौता भएपछि इरानले चीनलाई बेचिने कच्चा तेलको मूल्यमा ठूलो कटौती गरेको छ । ब्लूमबर्गको रिपोर्ट अनुसार इरानी तेल व्यापारीहरूले जुलाई डेलिभरीका लागि इरानियन लाइट कच्चा तेल ब्रेन्ट कच्चा तेलको तुलनामा प्रतिव्यारेल २.५ देखि ५ डलर छुटमा बेचिरहेका छन् । सम्झौताअघि यो छुट करिब १ डलर मात्र थियो । यससँगै चिनियाँ खरिदकर्ताले अहिले इरानी तेल पहिलेभन्दा निकै सस्तोमा पाउन...

नेपाल ग्रे लिष्टमा कायमै, एफएटीएफले दियो ६ सुझाव

काठमाडौं । फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपालको ग्रे लिष्टको अनुगमन जारी राखेको जनाउदै विभिन्न ६ सुझाव दिएको छ । एफएटीएफको पछिल्लो बैठकले नेपालसहितका २२ देशलाई तत्काल समयसीमा नपरेका क्षेत्राधिकारहरूलाई स्वेच्छिक रूपमा प्रगति प्रतिवेदन पेश गर्ने केही लचकता प्रदान गरेको जनाएको छ ।  साथै फेब्रुअरी २०२६ यताको प्रगति समीक्षा गर्दै एफएटीएफले विभिन्न ६ सुझाव दिएको छ । जसमा १...

एभरेष्ट कलरको आइपिओ बाँडफाँड

काठमाडौँ । एभरेष्ट कलर लिमिटेडको आइपिओ बाँडफाँड भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा विहिबार बिहान आइपिओ बाँडफाँड भएको हो । कम्पनीले गत जेठ २२ गतेदेखि २७ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ कराड ५५ लाख ७० हजार रुपैयाँबराबरको ६ लाख ५५ हजार ७०० कित्ता शेयर निष्काशन गरेको थियो । सो निष्काशनमा कुल २६ लाख ८७...

सुनचाँदीको मुल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य सामान्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मुल्य तोलाको १०० ले घटेर तोलाको २ लाख ९७ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ९७ हजार ३ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३५ रुपैयाँले घटेर तोलाको ४९४५ मा कारोबार भइरहेको छ । यसअघि बुधबार...

वीरगञ्ज चिनी र जनकपुर चुरोट कारखानालाई पुनः सञ्चालनयोग्य बनाउन रुसको इच्छा

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नेपालका लागि रुसी महासंघका आवासीय राजदूत एलेक्सी भ्लादिमिरोभिच सुरोभत्सेभबीच शिष्टाचार भेटवार्ता भएको छ । बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटवार्तामा राजदूत सुरोभत्सेभले नेपाल सरकारबाट आवश्यक प्रस्ताव आएमा वीरगञ्ज चिनी कारखाना र जनकपुर चुरोट कारखाना जस्ता औद्योगिक प्रतिष्ठानलाई पुनः सञ्चालनयोग्य बनाउन रुसी पक्ष तयार रहेको...

झापाका सबै चिया उद्योग भोलिदेखि बन्द हुने

झापा । झापाका सबै चिया उद्योगहरू भोलिदेखि बन्द हुने भएका छन् । उद्योग बन्द भएपछि करिब ६० हजार मजदुर र कर्मचारीको रोजगारी प्रभावित हुने देखिएको छ । नेपाल चिया उत्पादक संघका अनुसार भारतीय चिया बोर्डले लागू गरेको नयाँ गुणस्तर सम्बन्धी नियमका कारण चिया निर्यातमा समस्या आएपछि उद्योग बन्द गर्न बाध्य भएको हो । संघले झापामा रहेका ३२ चिया उद्योग प्रभावित भएका छन् भने यसअघि नै इलामका ५३ अर्थोडक्स चिया...

ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा विस्तार गर्न थप १६ सय टावर तथा पूर्वाधार निर्माण गर्दैछौं- मन्त्री तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवाको गुणस्तर र पहुँच विस्तारका लागि थप करिब १६ सय नयाँ टेलिफोन टावर तथा सम्बन्धित पूर्वाधार (साइट) निर्माणको प्रक्रिया अगाडि बढाइएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिनुहुँदै सञ्चारमन्त्री डा तिमिल्सिनाले ग्रामीण तथा दुर्गम क्षेत्रमा दूरसञ्चार र इन्टरनेट सेवाको गुणस्तर कमजोर रहेको...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।