काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर अंकित एक डलरको विशेष सिक्का सार्वजनिक गरिएको छ । जीवित राष्ट्रपतिको तस्बिर अमेरिकी मुद्रामा राखिएको यो एक शताब्दीपछि पहिलो घटना भएको बताइएको छ । अमेरिकी टकसालले बुधबार अमेरिकाको २५०औँ वार्षिकोत्सवको अवसरमा ट्रम्पको तस्बिरसहितको एक डलरको विशेष सिक्का सार्वजनिक गरेको हो। सिक्कामा ट्रम्पको तस्बिरसँगै ‘स्वतन्त्रता’ र ‘हामी ईश्वरमा विश्वास गर्छौँ’...










