मियामी, १७ साउन । अर्जेन्टिनासँग विश्वकपको फाइनलमा हार बेहोरेको १३ दिनपछि लियोनेल मेस्सीले शनिबार इन्टर मियामीका लागि मैदानमा उत्रिएका छन् । मियामीको ‘नु स्टेडियम’ मा कोलम्बस क्रुसँग २–२ को बराबरीमा टुंगिएको खेलमा मेस्सी सुरुमा वैकल्पिक खेलाडीका रूपमा बेन्चमा थिए र ५३औँ मिनेटमा मैदान प्रवेश गरेका थिए । आफ्नो छैटौँ विश्वकप खेलेर फर्किएका यी खेलाडी मैदान प्रवेश गर्दा घरेलु दर्शकले उनलाई भव्य स्वागत...










