काठमाडौँ । इङ्ग्ल्यान्डलाई २-१ ले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेपछि अर्जेन्टिनाका खेलाडीले फकल्यान्ड टापुमाथिको आफ्नो देशको दाबी समर्थन गर्ने ब्यानर प्रदर्शन गरेका छन् । त्यसपछि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अर्जेन्टिनामाथि अनुशासनात्मक कारबाही गर्न सक्ने सम्भावना बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । खेल सकिएलगत्तै अर्जेन्टिनाका खेलाडीले ‘माल्भिनास अर्जेन्टिनाकै हो’...










